सिटिजन्स लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क ७१ प्रतिशतले बढ्यो, नाफा कति ?

  २०७७ साउन २५ गते १४:४८     विकासन्युज

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क ७१ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७५/७६ मा एक अर्ब १२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले २०७६/७७मा एक अर्ब ९२ करोड रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीको बीमा शुल्कसँगै खुद नाफामा पनि वृद्धि भएको छ । गत वर्षको असार मसान्तसम्ममा कम्पनीले २० करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा इन्स्योरेन्सले१५ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै, खुद दाबी भुक्तानी पनि अघिल्लो वर्षको भन्दा बढेर ११ करोड २ लाख रुपैयाँ पुगेको । जुन अघिल्लो वर्षमा जम्मा ३ करोड ७० लाख रुपैयाँ रहेको थियो ।

इन्स्योरेन्सले सार्वजनिक गरेको गत आवको असारमसान्तको वित्तीय विवरणअनुसार कम्पनीको व्यवस्थापन खर्च ३ करोड ४५ लाख ९४ हजार रुपैयाँबाट बढेर ४ करोड ६६ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी एक अर्ब ७५ करोड रुपैयाँ भएको यस कम्पनीको बीमा कोषमा एक अर्ब ६७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा ४९ करोड ६१ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४ करोड २७ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा कम्पनीले कूल १ लाख २४ हजार ६८२ बीमालेख जारी गरी ३ अर्ब ५३ करोड ५३ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, १ सय १५ वटा दाबी बापत १३ करोड ७३ लाख रुपैयाँ भुक्तानी गरेको कम्पनीले २ करोड ४९ लाख रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी रहेको छ ।

३० प्रतिशतको साधारण सेयर(आईपीओ) निष्काशन गर्ने तयारीमा रहेको यस कम्पनीको चुक्ता पुँजी आईपीओ पश्चात २ अर्ब ५० करोड रुपैयाँ नाघ्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.