सगरमाथा इन्स्योरेन्स कम्पनी २५ औ वर्षमा प्रवेश, डिजिटजलाईजेसन विषेश प्राथमिकतामा रहने

  २०७७ साउन २ गते १७:४९     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी २५ औ वर्षमा प्रवेश गरेको छ । उक्त इन्स्योरेन्स कम्पनीले वि.स. २०५३ साल साउन २ गतेबाट निर्जीवन बीमा व्यवसाय शुरु गरेको हो ।

सो इन्स्योरेन्स कम्पनीले २५ औ वर्षमा प्रवेश हुदै गर्दा डिजिटल कारोबार प्राथमिकतमा रहेकाले सबैलाई डिजिटल युगमा समावेश गराउने उदेश्य रहेको जानकारी दिएको छ ।

सुरुवाती चरणमा कम्पनीले ‘विग अर स्मल सेक्यूरिटी फर अल’ नारा ल्याएको थियो । नेपालको बीमा इतिहासमा वैदेशिक लगानी सहित संयुक्त साझेदार भित्र्याउन कम्पनीको भुमिका अग्रणी रहेको छ ।

इन्स्योरेन्स कम्पनीले नियामक निकाय बीमा समिति, ग्राहक, सेयरधनी तथा शुभचिन्तकहरु प्रति कृतज्ञता व्यक्त गरेको छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनीले काठमाडौको थापाथलीमा आफ्नो कार्यालय स्थापना गरी बीमा व्यवसायको सुरुवात गरेको थियो । सो समयमा कम्पनीका कर्मचारीहरु जम्मा १० जना मात्र रहेका थिए ।

हाल कम्पनीको आफ्नै सुविधा सम्पन्न भवन रहेको छ । इन्स्योरेन्स कम्पनीले देशव्यापी रुपमा ७ वटै प्रदेशबाट बीमा सेवा प्रवाह गरि रहेको छ । उक्त कम्पनीले हाल ७३ कार्यालय तथा ३ सय ६१ कर्मचारी मार्फत बीमा सेवा प्रवाह गर्दै छ ।
सुरुवाती चरणमा कम्पनीको चुक्तापूँजी ३ करोड ६ लाख रुपैयाँ रहेको थियो । अहिले कम्पनीको चुक्तापूँजी १ अर्ब १२ लाख २२ हजार रुपैयाँ पुगि सकेको छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनीले स्थापना कालको प्रथम वर्षमा बीमा शुल्क ५९ लाख ७ हजार ६ सय ७६ संकलन गरी ४४ हजार दाबी–भुक्तानी गरेको थियो ।

आर्थिक वर्ष २०७६।७७ को अन्त्यसम्म आइपुग्दा कम्पनीले २ अर्ब १९ करोड ४७ लाख संकलन गरेको छ भने १ अर्ब ३ करोड रुपैयाँ दाबी–भुक्तानी गर्न सफल भएको छ ।

वि.स. २०७२ सालको विनाशकारी भुकम्पमा देशभर ठूलो धनजनको क्षति हुन पुगेको थियो । सो अवस्थामा सगरमाथा इन्स्योरेन्स कम्पनीलाई सबैभन्दा बढी संख्यामा दाबी परेको थियो । कम्पनीले आफूलाई परेको १ अर्ब ९३ करोड बराबरको दाबी–भुक्तानी सहजै फछ्र्योट गर्न सफल भयो । सो दाबी–भुक्तानी पश्चात कम्पनीले बीमित समक्ष आफ्नो विश्वासमा थप वृद्धि हनु पुगेको दाबी गरेको छ ।

साथै, भोलिका दिनमा आइ पर्ने जस्तो सुकै चुनौतीकोपनि सामना गर्न आफूहरु सक्षम रहेको कम्पनीले जानकारी दिएको छ ।

‘भीआईपी अन द स्पट’

कम्पनीले हाल संचालनमा रहेको ‘भीआईपी अन द स्पट’ (भेकल इन्स्योरेन्स पोलिसी) कार्यक्रम देशैभर संचालन गर्ने जनाएको छ । सरकारले प्राथमिकतामा राखेको कृषि, बालि तथा पशुपन्छि र लघु बीमालाई प्राथमिकतामा राख्ने तथा डिजिटल्ली काम अघि बढाउने कम्पनीको उदेश्य छ ।

भीआईपी अन द स्पट, (भेकल इन्स्योरेन्स पोलिसी) सवारीमा लागू हुने बीमा पोलिसी हो । कम्पनीले अन्र्तराष्ट्रिय दाबी–भुक्तानीको अभ्यासलाई आत्मसाथ गर्दै भिआई अन स्पट मार्फत तत्काल दाबी–भुक्तानीको अभ्यास गर्दै आएको छ । दुर्घटनाको खबर पाउन साथ कम्पनीले तत्कालै छिटो–छरितो बीमा सेवा दिन ‘भिआईपि अन द स्पट’ पोलिसी थप सहयोगी हुने जनाएको छ ।

सोही २५ औ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले समेत शुभचिन्तक सबैमा कृतज्ञता व्यक्त गरेका छन् ।

‘हाम्रो कम्पनीमा सेयरधनीहरुले ढुक्क भएर लगानी गर्न सक्ने वातावरण छ, २०७२ सालको भुकम्पमा समेत ठूलो संख्याको दाबी पर्दा हामीले सहजै भुक्तानी गर्न भयौ, कृषि बीमालाई सहजिकरण गर्ने, लघु बीमामा जोड दिने तथा डिजिटलाइजेसनमा सबैलाई जोडने हाम्रो उदेश्य रहेको छ’, सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले विकासन्यूजसँग भने ।

प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले विश्वभर कोरोना महामारी (कोभिड–१९) ले ठूलै प्रभाव पारि रहेको बेलामा आफूहरु हतोत्साहीत नभई आफ्नो जिम्मेवारी पूरा गर्न तत्पर रहेको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.