मनाङ जिल्ला पनि कोराेना संक्रमित मुक्त

  २०७७ असार २६ गते १६:४४     विकासन्युज

काठमाडाैं । मनाङ जिल्ला पनि कोराेना संक्रमित मुक्त बनेकाे छ । शुक्रबार भएकाे मन्त्रालयकाे नियमित ब्रिफिङमा प्रवक्ता डा‍‍‌. जागेश्वर गौतमले मनाङ जिल्ला पनि काेराेना संक्रमित मुक्त भएकाे बताएका हुन् ।

याेसँगै नेपालमा काेराेना मुक्त हुने जिल्लाकाे स‌ंख्या छ पुगेकाे छ । यसअघि धनकुटा, भाेजपुर, साेलुखुम्बु, मुस्ताङ र हुम्ला जिल्ला काेराेना संक्रमित मुक्त भएकाे गाैतमले जानकारी दिएका थिए।

शुक्रबार नेपालमा १ सय १८ जना काेराेना संक्रमित थपिएका छन् भने १ सय २९ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा काेराेना संक्रमितकाे स‌ंख्या १६ हजार ६ सय ४१ पुगेकाे छ भने कुल निकाे भएर घर फर्किनेकाे संख्या ८ हजार ११ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३५ जनाको मृत्यु भइसकेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.