कोभिड–१९ विरुद्धको लडाँईमा युनिलिभर नेपाल सक्रिय

  २०७७ असार २४ गते १३:४६     विकासन्युज

काठमाडौं । युनिलिभर नेपालले काेभिड–१९ महामारी विरुद्धको लडाईको क्रममा एक प्रेरणादायी कार्यमा जोडिन पुगेको छ । हालको महामारीले निम्त्याएको संकटको अवस्थामा कम्पनीले स्वतन्त्र रुपमा निम्न कार्यहरु गरेको छ । सो कार्यको क्रममा कम्पनीको तर्फबाट प्रदान गरिएको राहत प्याकेज ३ कराेड ७८ लाख बराबररहेको छ ।

मेडिकल पूर्वाधारहरुलाई सुदृढ बनाउनका निमित्त सहकार्य गरिएकोः

गम्भीर प्रकृतिका विरामीहरुको उपचारमा प्रयोग गर्नका लागि युनिलिभरद्वारा ५ वटा भेन्टिलेटर उपकरणहरु स्वास्थ्य जनसंख्या तथा वातावरण मन्त्रालयलाई उपलब्ध गराइएको छ । साथै कम्पनीले मन्त्रालयलाई २ हजार ८ सय ८० जनाको लागि कोभिड–१९ परीक्षण गर्न आवश्यक पर्ने स्वाब संकलन, नमूना भण्डारण र पिसिआर ट्युबहरुसहितको न्यूक्लेइक एसिड डायग्नोस्टिक पनि उपलब्ध गराएको छ ।

युनिलिभर नेपालले १ करोड ५७लाख रुपैयाँ बराबरको मेडिकल उपकरणहरु उपलब्ध गराउने प्रतिबद्धता पनिव्यक्त गरेको छ । यी उपकरणहरु कम्पनीको कार्य क्षेत्रभित्र परेका हेटौडाअस्पताल, मकवानपुर, भरतपुर अस्पताल, चितवन, नारायणी अस्पताल, वीरगञ्ज र वीर अस्पताल काठमाडौं गरी ४ मुख्य अस्पतालहरुलाई दिइने छ ।

कम्पनीको कारखाना टिमको तर्फबाट पनि हेटौंडाका विभिन्ननिकायहरुलाई एन ९५ मास्क, सर्जिकलमास्क, निर्मलीकरण गरिएको पञ्जा र चिकित्सा चश्माहरुलगायतका पिपिइ सेट हस्तान्तरण गरिएका छन् ।

सुस्वास्थ्य र स्वच्छताको लागि उत्पादनहरु वितरण गरिएका छन्ः

कोभिड–१९ को महामारी लाई फैलिनबाट जोगिनका लागि हात धुनु सबैभन्दा प्रभावकारी उपायमध्ये रहेको भनि हामी सबैलाई थाहा छ । कम्पनीले नेपाल सरकारका निकायहरु जस्तैः स्वास्थ्य, जनसंख्या तथा वातावरण मन्त्रालय, उद्योग विभाग, नेपाल प्रहरी, नेपाली सेना, वडा कार्यालयहरु र अन्य कार्यालयहरुलाई १ लाख ५४  हजारभन्दा बढी थान, लक्स, डोभ, लाइफब्वाय साबुन र लाइफब्वाय ह्याण्डवासहरु वितरण गरिसकेको छ ।

सर्वसाधारणहरुलाई अत्यावश्यक पर्ने सामग्रीहरु सहितको राहतप्याकेज प्रदानः

युनिलिभरद्वारा करिब ४ हजार २ सय परिवारहरुलाई रासनसहितको राहतप्याकेज प्रदान गरिएको छ । स्थानीय वडा कार्यालयहरुको समन्वयमा वितरण गरिएको करिब ६८ लाख रुपैयाँ बराबरको यी राहत प्याकेजहरु हेटौंडामा २ हजार २ सय, वीरगञ्जमा १ हजार र चितवनमा १ हजार परिवारलाई वितरण गरिएको थियो ।

कम्पनीको कारखाना टिमले पनि हेटाैंडामा रहेको मानव सेवा आश्रममा आश्रय लिइरहेका १ सय ५० जना बालबालिका र ज्येष्ठ नागरिकहरुकालागि एक महिना बराबरको राहत उपलब्ध गराएको छ ।

सरकारद्वारा उद्योगलाई राहत स्वरुपप्रदान गरिएको सहायता रकम फिर्ता गरिएकोः

युनिलिभर नेपालले एस्.एस्.एफद्वारा उद्योगहरुलाई २०२० को अप्रिल, मे र जुन महिनाको लागी प्रदान गरिएकोवित्तीय सहयोग वापतको रकमफिर्ता गर्ने निर्णय गरेको छ । उक्त फिर्ता गरिएकोरकम सो कोषद्वारा हालको समयमा सहायताको जरुरत परेका साना व्यवसायको कल्याणको लागी उपयोग गरिन सकिनेछ ।

जनचेतना अभिवृद्धिमा हाम्रो सक्रियताः

युनिलिभरले हातधुने कार्यलाई धेरै भन्दा धेरै प्रोत्साहन गर्न महानायक राजेश हमालसँग समन्वय गरी सामाजिक सञ्जालहरुमा व्यापक रुपमा हातधुने सम्बन्धी जनचेतना अभियान संचालन गरेको छ । यसका अतिरिक्त युनिलिभरले सर्वसाधारणलाई सामाजिक दूरी कायम गर्न अभिप्रेरित गर्न समेत उद्देश्य मूलक सञ्चार अभियानहरु संचालन गरेको छ ।

यसैगरी युनिलिभर नेपालले अनिश्चित भविष्य, अदृश्य चुनौतीहरु र कठिनाइहरुका कारण आफ्नो घर फर्किरहेका दाजुभाइ दिदीबहिनीहरुलाई खुल्ला एवं स्वच्छ ह्रृदयले मानवीय भावनाका साथ स्वागत गर्न युनिसेफसँग मिलेर नमस्ते अभियान समेत चलाएको छ । यसरी घर फर्किरहेका व्यक्तिहरू निजको घर, आफन्त एवं देशवासीको सहयोग महत्वपूर्ण रहेको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.