उपत्यकामा थपिए ३ जना कोरोना संक्रमित

  २०७७ असार १२ गते १६:२५     विकासन्युज

काठमाडाैं । शुक्रबार काठमाडौं उपत्यकामा थप ३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३ जना कोरोना संक्रमित थपिएकाे बताए ।

तीनैजना संक्रमित पुरुष र काठमाडाैंकाे रहेकाे उनले बताए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ल्याबमा परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.