गाडीमा कर बढाएको विषयमा अर्थमन्त्रीको अर्काे अभिव्यक्ति, ‘महामारीको बेला कर धेरै चाहियो बढाएँ’

  २०७७ जेठ २८ गते १६:५८     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले बिजुली गाडीमा कर बढाएको बारे फरक अभिव्यक्ति दिएका छन् । उनले बुधबार संसदमा बोल्दै कोरोना महामारीको समयमा कर धेरै चाहिएकोले विजुलीको गाडीमा कर बढाएको बताएका छन् ।

यो भन्दा अगाडि केही सैद्धान्तिक कुराहरु गर्दै आएपनि आज भने उनले सरकारलाई कर धेरै चाहिएकोले बढाएको धारणा राखेका हुन् । आर्थिक विधेयकबाट कर बढाएपछि सांसदहरुले उठाएको प्रश्नमा जवाफ दिंदै खतिवडाले अहिले संकटको समयमा सरकारलाई केही राजश्व धेरै चाहिएकाले पनि कर बढाइएको जानकारी दिएका हुन् ।

बिजुली गाडीमा लगाइएको थप करको प्रतिरक्षा गर्न आफू सक्षम भएपनि यो दीर्घकालिन नभएको र आवश्यकता पर्दा सरकारले हेरफेर गर्नसक्ने संकेत पनि उनले गरेका छन् ।

‘हामीले पहिला नविकरणीय उर्जा प्रयोग बढाउनका लागि निजी बिजुली साधनमा १० प्रतिशत भन्सार लगायौं, त्यस्तै अहिले कोभिड १९ को संकट छ, यतिबेला केही राजश्व पनि हामीलाई चाहिएको छ, त्यसैले अहिले कर बढाएका छौं,’ उनले भने ।

उनले कर बढाउनु पहिले सूचना चुहावट गरेको भन्ने आरोप निराधार भएको पनि बताएका छन् । सांसदहरुले कर बढाउने भएपछि सरकारले सूचना पहिलै दिएर बिजुली गाडी बजेट अघि धमाधम आयात भएको भन्दै प्रश्न उठाएका थिए।

खतिवडाले जेठ १ देखि १४ गतेसम्म ७५ओटा गाडी आयात भएको र १४ गते २ गाडीमात्र भन्सार पास भएकाले उक्त आरोप भ्रम भएको बताएका स्पष्ट पारेका छन् ।

सम्बन्धित समाचार:

विद्युतीय गाडी सस्तो नहुँदासम्म कर घटाइँदैनः अर्थमन्त्री (भिडियाे सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.