६८ लाख ३९ हजार मानिसमा कोरोना संक्रमण, मृतककाे संख्या ४ लाख नजिक

  २०७७ जेठ २४ गते ६:१७     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ६८ लाख ३९ हजार २ सय ४४ पुगेको छ ।

कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ९७ हजार ४ सय ४१ जनाको मृत्यु भइसकेको छ भने ३३ लाख २९ हजार ८ सय ६५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख ११ हजार ३ सय ८५ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १९ लाख ६५ हजार ५ सय ५१ रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २ लाख ३६ हजार १ सय ८४ पुगेको छ भने अहिलेसम्म ६ हजार ६ सय ४९ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म २ हजार ९ सय १२ जना संक्रमित भएका छन् भने ११ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ३ सय ३३ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.