तरकारी र फलफूलबाट कोरोना भाइरस सर्दैन- स्वास्थ्य मन्त्रालय

  २०७७ जेठ २१ गते १७:३२     विकासन्युज

काठमाडौं । तरकारी र फलफूलबाट कोरोना भाइरस नसर्ने स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालय प्रवक्ता विकास देवकोटाले तरकारी र फलफूलबाट कोरोना भाइरस नसर्ने हुनाले त्यसलाई नष्ट नगर्न आग्रह गरेका हुन् ।

तरकारीहरु आयत गर्ने व्यक्तिले मन्त्रालयकाे सुरक्षा निर्देशिका पालना गरेकाे अवस्थामा काेराेना नसर्ने देवकाेटाले बताएका छन् ।

हालसम्म तरकारी र फलफूलबाट काेराेना सरेकाे कुनै पनि तथ्यांक छैन । तरकारी र फलफूल बाेक्ने व्यक्ति संक्रमित भएकाे अवस्थाम मात्रै भाईरस सर्ने विज्ञहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.