माग पुरा नभए आन्दोलनमा जाने ईप्पानकाे चेतावनी

  २०७७ जेठ २० गते १७:४६     विकासन्युज

काठमाडाैं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (ईप्पान)ले माग पुरा नभए आन्दोलनमा जाने घाेषणा गरेकाे छ । आर्थिक वर्ष २०७७/७८ को बजेटबाट सरकारले जलविद्युत क्षेत्रकाे अभिभावकको जिम्मेवारी बहन गर्न नचाहेको स्पष्ट देखिएकाले ईप्पानले  आफ्ना माग पुरा नभए आन्दोलनमा जाने घाेषणा गरेकाे हाे।

मंगलबार एक विज्ञप्ती जारी गर्दै आगामी आर्थिक वर्ष २०७७/७८ काे बजेटमा राखेका कुनै पनि मागहरु बजेटमा नआएकाे बताएकाे छ ।

ईप्पानले आफ्नाे मागहरुको तत्काल निराकरण नभए चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेकाे छ । ईप्पानले प्रधानमन्त्री, विभागीय मन्त्री, अर्थमन्त्री र विद्युत विकास विभागमा ज्ञापनपत्र बुझाउने भएकाे छ । देशभरि निजी क्षेत्रले संचालनमा ल्याएको विद्युत उत्पादन संकेतिक रुपमा बन्द गर्ने चेतावनी दिएकाे छ ।

माग पूरा नभए क्रमिकरुपमा विद्युत उत्पादन बन्द गर्ने समय बढाउदै जाने साथै विभिन्न चरणमा रहेका नेपाल सरकार आवद्ध र ठूला विदेशी लगानीका आयोजनाहरु बाहेक ५८० कम्पनीहरुसंग अनुमतिपत्र रहेका आयोजनाहरु लगभग २१ हजार ६ सय १२ मेगावाटमा हालसम्म गरिएको लगानी नेपाल सरकारसंग फिर्ता मागी आयोजनाहरु नेपाल सरकारलाई फिर्ता गर्ने जानकारी गराएकाे छ । स्वदेशी निजी लगानीको विधिवत रूपमा अन्त्य गर्ने उल्लेख गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.