कर बढ्योः मद्यपान र धुम्रपान गर्नेलाई तनाव, गहना लगाउने र गाडी चढ्ने के गर्लान ?

  २०७७ जेठ १५ गते १९:१६     विकासन्युज

काठमाडाैं । सरकारले केही क्षेत्रहरूमा कर बढाउने भएपछि त्यसमा मुल्य पनि अवश्य बढ्नेछ । अर्थमन्त्री डा.युवराज खतिवडाले बिहीबार आव २०७७/०७८ को बजेट प्रस्तुत गर्दै डिजेल पेट्रोल, मट्टितेल र सुनको भन्सार महशुल बढाएको बताएका छन् ।

यस्तै, उनले  चुरोट, गुट्खा, पान मसला लगायतमा लाग्दै आएको स्वास्थ्य जोखिम करमा सामान्य वृद्धि गरिएको पनि उनले बताए।

याे सँगै अब मद्यपान र धुम्रपान गर्नेहरूले महँगाे रकम तिरेर खानु पर्नेछ भने गहना लगाउनेहरूले पनि महँगाे तिर्नु पर्नेछ । यस्तै, अब गाडी चढ्नेहरूले पनि डिजेल पेट्रोलकाे मूल्य महँगाे तिर्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.