हेटौंडाकी एक महिलामा देखियाे कोरोना सङ्क्रमण

  २०७७ जेठ १४ गते १५:५१     विकासन्युज

हेटौंडा । हेटौंडामा एक महिलामा कोरोना सङ्क्रमण देखिएको छ । हेटौंडा-१ चौकीटोलकी २५ वर्षीया महिलाको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको वाग्मती प्रदेश समाजिक विकास मत्रालाय कोभिड-१९ का प्रवक्ता पुरुषोत्तम सेढाईँले जानकारी दिए ।

उनका अनुसार ती महिलाको हेटौँडास्थित किटजन्य रोग तथा प्रादेशिक प्रयोगशालामा स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ ।

सङ्क्रमित महिलाको चौकीटोलस्थित घर वरिपरि सिल गर्नुका साथै सम्पर्कमा रहेका व्यक्तिको खोजीकार्य भइरहेको वडा नं १ का वडाध्यक्ष सविन न्यौपानेले जानकारी दिए । ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको र उपचारका लागि भरतपुर पठाइएको बताइएको छ । हेटौँडामा अहिले लकडाउन कडा पारिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.