काठमाडौं उपत्यका सील गर्ने गृहमन्त्रालयको निर्णय, आउनै परे यस्तो छ व्यवस्था (परिपत्रसहित)

  २०७७ जेठ ८ गते १४:१२     विकासन्युज

काठमाडौं । गृहमन्त्रालयले काठमाडौं उपत्यका सील गर्ने निर्णय गरेको छ । काठमाडौं उपत्यकामा बाहिरबाट आउने संक्रमितको संख्या धेरै भएपछि बाहिरका सर्वसाधारणलाई उपत्यका प्रवेश गर्न नदिने निर्णय सरकारले गरेको हो ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, गृहसचिव, सुरक्षा निकायका प्रमुखहरु, काठमाडौं उपत्यका नाका भएका नगरपालिकाका नगरप्रमुखहरु लगायत काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले नाका सील गर्ने निर्णय गरेको हो ।

यस्तो निर्णय १ जेठमा भएको गृहमन्त्रालयले काठमाडौं उपत्यकाभित्रका सबै स्थानीय तहहरुलाई गरेको परिपत्रमा उल्लेख छ । सो परिपत्रमा काठमाडौं उपत्यका प्रवेश गर्ने क्रम बृद्धि हुँदा बढी जनघनत्व भएको काठमाडौं उपत्यका क्षेत्र बढी जोखिममा रहेको देखिदा अत्यावश्यक काममा बाहेक काठमाडौं उपत्यका प्रवेश निषेध गर्ने र आगमनको स्रोतमै रोक्ने उल्लेख छ ।

यस्ताे छ गृहकाे परिपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.