काठमाडौंमा ड्युटीमा खटिएका २ जना प्रहरीमा कोरोना पुष्टि

  २०७७ जेठ ७ गते ८:५०     विकासन्युज

काठमाडौं । काठमाडौंमा कार्यरत २ प्रहरीमा कोरोन भाइरस संक्रमण पुष्टि भएको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत २ जना प्रहरीमा कोरोना संक्रमण भएको देखिएको हो । प्रहरी नायव निरीक्षक (सई) र प्रहरी जवानमा कोरोना संक्रमण देखिएको नेपाल प्रहरीको स्रोतले जानकारी दिएको छ ।

उनीहरु दुवैजना लकडाउनको समयमा फिल्डमा नै खटिएका थिए महानगरीय प्रहरी परिसरले जनाएको छ । ब्यारेकमा नै बस्दै आएका उनीहरूमा मंगलबार कोरोना देखिएको हो ।
यस अघि २ जना प्रहरीमा काेराेना पुष्टि भइसकेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.