मोदीद्वारा २० लाख करोड भारुको आर्थिक प्याकेज घोषणा

  २०७७ वैशाख ३० गते २०:५९     विकासन्युज

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार २० लाख करोड भारतीय रुपैयाँको विशेष आर्थिक प्याकेज घोषणा गरेका छन् । उनले मंगलबार ८ बजे देशबासीका नाममा सम्बोधन गर्दै २० लाख करोड भारतीय रुपैयाँको विशेष आर्थिक प्याकेज घोषणा गरेका हुन् ।

उनले यस आर्थिक प्याकेजले आत्मनिर्भर भारत अभियानका लागि महत्वपूर्ण भूमिका खेल्‍ने बताएका छन् । उनले यो रकम भनेको भारतको कुल जीडीपीको १० प्रतिशत भएकोसमेत जानकारी दिए । भारतको कुल गार्हस्थ उत्पादन २.९ ट्रिलियन डलरबराबर छ।

‘२० लाख करोड रुपैयाँको प्याकेज २०२० मा देशको विकास यात्राको नयाँ गतिशिलता प्रदान गर्नेछ । आत्मनिर्भर भारत अभियानको संकल्प सिद्द गर्नका लागि ल्यान्ड, लेबर लिक्विडीटी र ल मा बल दिइएको छ, यसले कुटिर उद्योग, साना उद्योग र मझौला उद्योगलाई विशेष सहयोग पुग्‍ने छ,’ उनले भने ।

यो आर्थिक प्याकेजले भारतीय उद्योग जगतका लागिसमेत विशेष भूमिका निर्वाह गर्ने मोदीले जानकारी दिए । मोदीले भारतमा लकडाउन अझै लम्ब्याइने तर त्यो बिल्कुल फरक स्वरुपको हुने बताए। उनले भारत २१ औँ शताब्दीको शक्ति बन्ने हो भने आत्मनिर्भर बन्नुको विकल्प नरहेको पनि स्पष्ट पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.