सरकारले भन्याे: डा. शेरबहादुर पुनकाे बिषयमा अनर्गल प्रचार नगरौं

  २०७७ वैशाख ७ गते १४:३६     विकासन्युज

काठमाडौं ।  सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा.शेरबहादुर पुनका बिषयमा अनर्गल प्रचार नगर्न आग्रह गरेको छ । आइतबार एक सुचना जारी गर्दै पुनका सम्बन्धमा केही पत्रपत्रिका तथा सामाजिक सञ्जालमा सत्य तथ्य बङ्ग्याइँ मन्त्री भानुभक्त ढकालको नामसमेत मुछि अनर्गल तथा दुष्प्रचार गर्ने कार्य भएकामा ध्यानाकर्षण भएको जनाउँदै त्यस्तो नभएको जनाएको हो ।

मन्त्रालयले कोही पनि स्वास्थ्यकर्मीको मनोवल घटाउन काम नगरेको उल्लेख गर्दै स्वास्थ्यकर्मीलाई सरकारले शतप्रतिशत भत्ता र  २५ लाखको बीमासमेत व्यवस्था गरेकाले डा.पुनका सन्दर्भमा सत्यतथ्य नबुझीकन अनर्गल प्रचारप्रसार वा लेख लेखाउने कार्य नगर्न नगराउन आग्रह गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.