किन किन्यो स्वास्थ्य मन्त्रालयले ७ करोडको काम नलाग्ने र्यापिड टेष्ट किट ?

  २०७६ चैत १९ गते ९:०९     विकासन्युज

काठमाडौं । कोभिड १९ सम्बन्धिको नियमित ब्रिफिङमा मंगलबार स्वास्थ्य मन्त्रालयका अधिकारीले र्यापिड टेष्ट किट भरपर्दो नभएको भन्दै प्रयोग नर्गन आग्रह गरेका थिए ।

विश्व स्वास्थ्य संगठनले र्यापिड टेष्ट किट भरपर्दो नभएको भनेको हुनाले स्वास्थ्य मन्त्रालयका स्वास्थ्यविज्ञ सल्लाहकार डा. खेम कार्कीले सो किट प्रयोग नर्गन आग्रह गरेका हुन् ।

‘त्यो कीटको परीक्षणबाट रिजल्ट र त्यसबाट उत्पन्न हुने भम्र र क्षतिले थप समस्या ल्याउने भएकाले  विश्व स्वास्थ्य संगठन र मन्त्रालयले अनुमति नदिएको कीट प्रयोग नगर्नु होला,’ उनले भनेका थिए ।

तर कार्कीले प्रयोग नर्गन आग्रह गरेको उक्त किट स्वास्थ्य मन्त्रायले ७ करोडमा खरिद गरेकाे हो । मन्त्रालयले खरिद गरेका सामानको विवरणमा प्रतिपिस अमेरिकी ८ डलरको ७५ हजार पिस र्यापिड टेष्ट किट खरिद गरेको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.