धनुषा, बाग्लुङ्ग र गोरखाका चेम्बर अफ कमर्सद्धारा नगद सहित विभिन्न सामाग्री हस्तान्तरण

  २०७६ चैत १८ गते ११:५४     विकासन्युज

काठमाडौं । धनुषा, बाग्लुङ्ग र गोरखा जिल्लाका चेम्बर अफ कमर्सद्धारा कोरोना भाइरस (कोभिड १९) प्रकोपका सन्दर्भमा नगद हस्तान्तरण तथा माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गरेका छन् ।

जसमध्ये धनुषा चेम्बर अफ कमर्सका उपाध्यक्ष एवं मास्क व्यवस्थापनका संयोजक सलामत राइन, प्रदेश नम्बर २ का अध्यक्ष पवन ठाकुर र धनुषा चेम्बरको अध्यक्ष विजय शाहले सुरक्षा निकाय अन्तर्गत जिल्ला प्रहरी कार्यालयलाई १ हजार पिस मास्क र सशस्त्र प्रहरी बललाई १५ सय पिस मास्क वितरण गरेको छ ।

यसका साथै स्वास्थ्य क्षेत्रका विभिन्न अस्पताल र स्वास्थ्य चौकीको डाटा आए पछि मास्क, मेडिकल किट, ग्लोब्स हस्तान्तरण गर्ने चेम्बरको योजना रहेको छ ।

बागलुङ्ग चेम्वर अफ कमर्सले कोरोना भाइरसबाट सुरक्षित हुन संचेतना सम्वन्धी कार्यक्रम संचालन र मास्क बितरण कार्य शुभारम्भ गरेको छ ।

त्यस्तै, गोरखा चेम्बर अफ कमर्सले हेल्प डेस्क राखेको छ । गोरखा चेम्बर अफ कमर्सले १५ सय माक्स वितरण गरेको छ । यसका साथै आइसोलेसनमा रहेका विरामीलाई निशुल्क पानीको जार पनि वितरण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.