लक डाउन २५ गतेसम्म गर्ने उच्चस्तरीय समितिको निर्णय

  २०७६ चैत १६ गते १५:३६     विकासन्युज

काठमाडौं । सरकारले लकडाउनको समयवधि आगामी २५ चैतसम्म बढाउने भएको छ । आइतबार सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको बैठकले सात दिन लकडाउन थप्ने निर्णय लिएको उच्चस्तरीय समितिको स्रोतले बताएको छ ।

स्राेतका अनुसार लकडाउनकाे अवधि अब थप १४ दिनभन्दा बढी नहुने गरि मन्त्री परिषदलाई समितिले सिफारिस गरेकाे छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सो समितिको आइतबार बसेले लकडाउन ७ देखि बढीमा १४ दिन थप्ने निर्णय गर्दै यो प्रस्ताव मन्त्रिपरिषदमा   पठाइने बताइएकाे छ ।

अब मन्त्रिपरिषद्काे निर्णयले साे प्रस्तावलाई  स्वीकार वा अस्वीकार पनि गर्न सक्नेछ । आजै ४ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ । यसबारे आवश्यक निर्णय मन्त्रिपरिषद्ले लिनेछ ।

सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो । सो लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.