बीमा कारोबार सहज बनाउने निर्णय, अबस्था सामान्य भएपछि पोलिसी नविकरण पाइने

  २०७६ चैत १० गते २०:१७     विकासन्युज

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरूकाे काराेबारलाइ सहज बनाउने गरी निर्देशनहरू जारी गरेकाे छ । विश्वभरी महामारीकाे रूपमा काेराेना भाइरस फैलिएकाे र अत्यावश्यक सेवाभित्र पर्ने बीमा सेवा सञ्चालन गर्नु पर्ने अवस्थामा बीमा समितिले बीमा काराेबारकाे भुक्तानी प्रकिया सरल बनाएकाे हाे ।

बीमा कम्पनीहरूले बीमालेख जारी गर्दा वा नविकरण जुनसुकै माध्यमबाट बीमाशुल्क संकलन गर्न सक्ने व्यवस्था गरिएकाे समितिले जनाएकाे छ । बीमा क्षेत्रमा धेरै काराेबार चेक भुक्तानी विधिबाट हुने गरेकाेमा अब डिजिटल काराेबारले प्राथमिकता पाउने छ ।

बीमा समितिले जीवन बीमा शुल्क बुझाउने समय पनि थपेको छ । तोकिएको समयमा शुल्क बुझाउन नसकेमा बीमालेख व्यतित नहुँने र उक्त बीमा शुल्क सबै सार्वजनिक सेवा सामान्य भएको १५ दिनभित्र बुझाउन सकिने व्यवस्था समितिले गरेको छ ।

यस्तै, निर्जीवन बीमा कम्पनीले बीमालेख अवधी सकिएको समय अगाडि नै जानकारी दिनुपर्ने निर्देशन बीमा समितिले दिएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.