कोरोनासँग जुध्न आ-आफ्नै प्याकेज, कुन देशले ल्याए कस्तो प्याकेज ?

  २०७६ चैत ९ गते १३:३४     विकासन्युज

काठमाडौं । अहिले विश्वभर कोरोना भाइरस ( कोभिड १९) को संक्रमण बढ्दैगएसँगै त्यसको त्रास पनि उतिकै छ । कोरोना भाइरसकै कारण विश्वको अर्थतन्त्र अहिले चौपट भएको छ । नागरिकहरुलाई दैनिक उपभोग्य सामानको गुजारा गर्न पनि समस्या परिरहेको अवस्था छ ।

यही अवस्थामा विभिन्न देशका सरकारहरुले आफ्ना देशका व्यवसायी, उद्योगी र आम नागरिकहरुका लागि विभिन्न किसिमको प्याकेजको घोषणा गरेका छन् । तर, नेपाल सरकारले भने हाल सम्म उद्योगी व्यवासायी र हाम सर्वसाधारणका लागि त्यस्ता कुनै पनि प्याकेज ल्याएको छैन । आज हामीले कुन देशले कस्तो किसिमको प्याकेज ल्याएका छन् भन्ने विषयमा उल्लेख गरेका छौं ।

भारत
भारत सरकारले अहिले सम्म कुनै औपचारिक रुपमा प्याकेजको घोषणा नगरेपनि भातीय प्रधानमन्त्री नरेन्द्र मोदीले आम सर्व साधारणका लागि विभिन्न सहुलियतपूर्ण कार्यक्रमहरु ल्याउने बताइरहेका छन् । यस्तै, भारत सरकारले हवाई क्षेत्रमा चाँडै प्याकेजको घोषणा गर्ने भारतीय मिडीयाहरुले लेखेका छन् । भारतको केन्द्रिय बैंकले आफ्ना ऋणीहरुलाई ब्याजदर क मगर्ने तयारी गरेको छ ।

चीन
कोरोना भाइरसको मुहान चीनको वुहान हो । चीन सरकारले चीनमा कोरोनाको महामारी फैलिएलगत्तै ३ सय ९४ अर्ब डलरको राहत प्याकेज ल्याएको थियो । चीन सरकारले सो रक मभौतिक पूर्वाधारमा खर्च गरेको थियो । यस्तै, चीन सरकारले विभिन्न व्यवसायी उद्योगीहरुलाई बैंकमा ब्याजदर कटौती गरेको थियो भने करको समावधि पनि लम्बयाएको थियो ।

अमेरिका
अमेरिकी सरकारले पनि विभिन्न किसिमको राहत प्याकेज ल्याउने घोषणा गरेको छ । अमेरिकारले यतिबेला संकटकालको घोषणा गरिसकेको छ । अमेरिकी सरकारले एक ट्रीलयन डलरको आर्थिक राहत प्याकेज ल्याएको थियो भने अझैं थप राहत प्याकेज ल्याउने बुझिएको छ ।

बेलायत
बेलायती सरकारले ४ सय अर्ब डलर बराबरको बेलआउट फण्ड ल्याएको छ । बेलायत सरकारले आगामी जुन महिनासम्म कुनै पनि व्यवसायले तिर्नुपर्ने करिब ३० अर्ब पाउण्ड बराबरको भ्याट मिनाहा गरिदिएको घोषणा गरेको छ।
बैक अफ इंग्ल्याण्डले आफ्नो टार्गेट रेट घटाएर हालसम्मकै कम ०.१ प्रतिशत कायम गरेको छ।

केन्द्रीय बैंकले सस्तो कर्जा कार्यक्रम ल्याएको छ जसकारण बैंकहरुलाई धेरै पैसा दिन सकियोस्फ्रान्स यस्तै कामदार बर्गका लागि राहत प्याकेज ल्याएको छ।बेलायत सरकारले रोजगारी गुमाएका मासिक २ हजार ५ सय पाउण्ड मासिकका दरले तलब पाउने प्याकेज ल्याएको छ ।

फ्रान्स
फ्रान्स सरकराले पनि विभिन्न किसिमको प्याकेजको घोषणा गरेको छ । साना ब्यापार तथा कामदारहरुलाई राहतकालागि ४५ अर्ब यूरोको प्याकेज ल्याएको छ।

अष्ट्रेलिया

अष्ट्रेलियाको फेड सरकारले १७.६ अर्ब डलरको आर्थिक सहायता प्याकेज ल्याइसकेको छ भने स्कट मोरिसन सरकारले पनि अर्बौं डलरको सेफ्टी नेट प्याकेज ल्याएको छ। त्यसमध्ये २।४ अर्ब डलरको हेल्थ प्याकेज रहेको छ। यसैगरी भिक्टोरिया र क्यापिटल टेरिटोरी बाहेक अन्य सबै राज्यहरुले पनि ४ अर्ब डलरको स्वास्थ्य र आर्थिक सहायताका आफ्ना आफ्ना छुट्टा छुट्टै प्याकेज समेत ल्याएका छन्। अष्ट्रेलियाको केन्द्रीय बैंकले पनि बजारमा प्रत्यक्ष हस्तक्षेप गर्दै संकटकालीन अवस्थामा ब्याजदर कटौती तथा केही सहज बनाउने औजारहरु घोषणा गरिसकेको छ।

न्यूजिल्याण्ड
न्यूजिल्याण्ड सरकारले पनि १२.१ अर्ब डलरको रेस्क्यू प्याकेज ल्याएको छ। न्यूजिल्याण्डका सरकारले यसबाट प्रभावित सबै क्षेत्रहरु र ब्यापारका लागि समेत सब्सिडी दिनकालागि ५.१ अर्ब डलरको राहत दिएको छ। यस्तै ब्यवसायमा कर कटौती तथा क्यास फ्लोलाई ध्यानमा राखी २.८ अर्ब डलरको प्याकेज ल्याएको छ।

टर्की
टर्की सरकारले पनि विभिन्न किसिमका राहत प्याकेज ल्याएको छ । टर्की सरकराले कोरोना भाइरसको संज्ञmमणका समयमा १५.३ अर्ब डलरको प्याकेज घोषणा गरिसकेको छ । टर्की सरकारले उक्त प्याकेजमा कर, बीमालगायतका विषयहरु समावेश गरेको छ ।

यस्तै उसले सामाजिक सुरक्षा र बीमाको भुक्तानीहरु, रिटेल बिजनेस, आइरन तथा स्टिल, लजिस्टिक, खाद्यान्न, सिनेमा, टेक्साइल र होटल बिजनेसहरु पनि आगामी ६ महिनाको लागि बन्द गरेको छ। यसैगरी उसले एयरलाइन्सहरुका लागि भ्याट १८ प्रतिशतबाट घटाएर १ प्रतिशतमा झारेको छ। ब्यापारीहरुले सरकारी बैक हल्क बैंकबाट लिएको ऋण तिर्नकालागि ३ महिना समय दिएको छ।

इटाली

इटाली सरकारले ४९ अर्ब डलरको राहत प्याकेज दिएको छ। उसले कम्पनी तथा कामदारहरुलाई सहयोग गर्न यो राहत प्याकेज ल्याएको जनाएको छ।

जापान
जापान सरकारले ४ अर्ब डलरको प्याकेज घोषणा गरेको छ। यो प्याकेज साना र मध्यमस्तरका कम्पनीहरुमा लक्षित छ। सरकारले भाइरसका कारण प्रभावित साना उद्योग तथा फर्महरुलाई बिना ब्याजदर नै रकम उपलब्ध गराउने भएको छ।

जर्मनी
जर्मन सरकारले क पनि ६०८ अर्ब डलरको राहत प्याकेज घोषणा गरेको छ । जर्मन सरकराले ब्यापार ब्यवसायलाई असिमित कर्जा उपलब्ध गराउने जनाएको छ। जर्मन सरकारले वयवसायीलाई व्याजमा कटौती र करको समावधि पनि बढाएको छ ।

(अन्तर्राष्ट्रिय सञ्चार माध्यको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.