अर्थमन्त्री भन्छन्ः जीडीपीमा पर्यटनको योगदान ३ प्रतिशत मात्र छ, त्यसले अर्थतन्त्रमा धक्का पर्दैन

  २०७६ चैत ६ गते १६:४९     विकासन्युज

काठमाडौं । अर्थ र संचार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले पर्यटनमा भएको नोक्सानले अर्थतन्त्रमा खासै धक्का नपर्ने बताएका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री खतिवडाले काेराेनाकाे प्रभावले पर्यटनमा असर पर्ने भए पनि त्यसले अर्थतन्त्रमा त्यति धक्का नपर्ने बताएका हुन् ।

बिहीबार संचार तथा सूचना प्रविधि मन्त्रालयमा भएकाे पत्रकार सम्मेलनमा बोल्दै डा.खतिवडाले पर्यटनको जीडीपीमा ३ प्रतिशत मात्र योगदान भएकाले पर्य काेराेना असर त्यति परिमाणमा मात्रै पर्ने भन्दै त्यसले अर्थतन्त्रमा खासै असर नपर्ने बताएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.