सिटिजन्स बैंकद्वारा सडक आश्रित मानवमुक्त अभियान, नेपाललाई सहयोग प्रदान

  २०७६ चैत २ गते १८:२१     विकासन्युज

काठमाडौं । सामान्य जीवनयापनको लागि पनि दैनिक मागेर हिंड्नु अवस्था पिडा दायक हुन्छ । गरिव, कमजोर आर्थिक अवस्थाले गर्दा मानिसहरु सडक पेटि मन्दिर मस्जिद तथा गुम्बामा आश्रित हुन पुग्दछन यहि कुरालाई ध्यानमा राखी “सम्मान” नेपालले सडक आश्रित मानवमुक्त अभियान नेपाल सञ्चालन गरेको छ ।

सो कार्यलाई सफल पार्नको लागि सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । बैंकको संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा एटिएम. र १ सय ३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको हाे ।

अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वाक्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि पीओएस मेशिनमार्फत सामानवा सुविधा खरीदगर्दा २० प्रतिशतसम्म क्यास ब्याक (नगदफिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.