आईपे रेमिट नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध

  २०७६ फागुन ३० गते १०:०९     विकासन्युज

काठमाडौं । आईपे रेमिट र नेपाल क्लियरिङ्ग हाउस एनसीएचएल–आइपीएस र कनेक्ट आइपीएस इ–पेमेन्ट प्रणालीहरुमा आबद्ध भएको छ । वैदेशिक रेमिटेन्स कारोबारहरु सिधैं लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन उक्त प्रणालीमा आबद्ध भएको हो ।

यो व्यवस्थासँगै आईपे रेमिटका कम मुल्यका भुक्तानी कारोबार कनेक्ट आइपीएस इ–पेमेन्ट प्रणालीमार्फत रियल टाइममा र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल–आइपीएसले तोकिएको समय सीमामा अन्य भुक्तानी कारोबारहरु गर्न सकिनेछ ।

एनसीएचएलले आफ्ना प्रणालीहरुमार्फत बैंक खातामा आधारित विभिन्न भुक्तानी कारोबारहरुलाई सहजीकरण गरिरहेकोमा रेमिटेन्स पनि ती मध्येको एक महत्वपूर्ण कारोबार हो ।यसमा हाल सम्म ६ वटा रेमिटेन्स कम्पनीहरु र ३० वटा गैर बैंक संस्थाहरु अप्रत्यक्ष/प्राविधिक सदस्यको रुपमा आबद्ध रहेका छन् ।

६ वर्ष अगाडि स्थापना भएको आईपे रेमिट नेपालको अग्रणी रेमिटेन्स कम्पनीहरु मध्येको एक हो । यसले १० लाखभन्दा बढि आप्रवासी कामदारहरुको कडा परिश्रमको कमाईलाई नेपालमा रहेका आफ्ना परिवारहरुलाई छिटो, सुरक्षित र भरपर्दो तरिकाले पठाउन विभिन्न प्रविधि र सहकार्यको माध्यबाट सहयोग गर्दै आएको छ ।

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेडद्वारा प्रबर्धित एनसीएचएलले राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्दै आएको छ ।

हाल सबै जसो बैंक तथा वित्तिय संस्थाहरुको सहभागितामा यसका एनसीएचएल–इसीसी, एनसीएचएल–आइपीएस, कनेक्ट आइपीएस इ–पेमेन्ट र कनेक्ट आरटीजीएस प्रणाली संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.