महिला ग्राहकलाई एनआईसी एशिया बैंककाे विशेष योजना

  २०७६ फागुन २३ गते १८:०७     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय नारी दिवसलाई लक्षित गरी बैंकका महिला ग्राहकहरुलाई विशेष योजना सार्वजनिक गरेको छ । जस अन्तर्गत बैंकका महिला ग्राहकले १० हजारसम्म नगद फिर्ता पाउने छन् ।

बैंकले नारी दिवसका दिन अर्थात २०७६ फागुन २५ गते यस बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गरी कारोबार गर्ने १०० जना भाग्यशाली महिलाहरूले सय प्रतिशत वा  १० हजारसम्म नगद फिर्ता दिने भएकाे हाे ।

बैंकका महिला ग्राहकहरूले मो-बैकिङ्ग एपबाट मोबाइल रिचार्ज गर्दा, बिजुलीको महसुल तिर्दा, हवाई टिकट खरिद गर्दा, क्यु आर पेमेन्ट लगायतका भुक्तानीहरूमा यो योजना लागू हुनेछ । तर वालेट लोड तथा फन्ड ट्रान्सफरलाई यस योजनामा समावेश नगरिएको बैंकले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.