सिभिल लघुवित्तको समीक्षा गोष्ठी सम्पन्न

  २०७६ फागुन १४ गते १९:५५     विकासन्युज

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था (सिभिल बैंक लि. को सहायक कम्पनी) को चालु आर्थिक वर्ष २०७६ माघ मसान्तसम्मको कार्यक्रम समीक्षा गोष्ठी यहि फाल्गुण ११ र १२ गते काठमाडौंमा सम्पन्न भएको छ ।

समीक्षा कार्यक्रमको उद्घाटन गर्दै का.मु. प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले सिभिल लघुवित्तको हालसम्मको प्रगति अवस्था, संस्थाको आगामी रणनीति, संस्थाले भोगेका समस्या, चुनौती र त्यसलाई अवसरको रुपमा सदुपयोग गर्दै परिणाममुखी नतिजाको लागि सबै तहमा कार्यरत कर्मचारीहरुलाई उच्च मनोबलका साथ कार्यसम्पादन गर्न निर्देशन दिए ।

उक्त कार्यक्रममा संस्थाका क्लस्टर प्रमुखहरु तथा शाखा प्रमुखहरुद्धारा आ-आफ्नो शाखा एवम् क्लस्टरको प्रगति विवरण तथा आगामी रणनीति प्रस्तुत गर्दै तोकिएको लक्ष्य हासिल गर्न निरन्तर लागि पर्ने प्रतिवद्धता व्यक्त गरिएको थियो । कार्यक्रममा संस्थाका सञ्चालकहरुले आफ्ना विगतका अनुभव राख्दै असल ग्राहक पहिचान र गुणात्मक कर्जा प्रवाहमा ध्यान दिन सुझाएका छन् ।

सञ्चालक समितिका अध्यक्ष सचिन जङ्ग रायमाझिले संस्थाले विभिन्न स्थानमा वित्तीय साक्षरता र वित्तीय पहुँच पु्र्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्दा केही उतार चढाव भई समस्या तथा चूनौती आएतापनि आफनो काम तथा सेवा प्रवाहमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।

हाल संस्थाको लगानीमा रहिरहेको कर्जा १ अर्ब २१ करोड रुपैयाँ र कुल बचत ३७ करोड रुपैयाँ रहेको छ ।

काठमाडौंको चावहिलमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको यस संस्थाले २०७६ माघ महिनासम्ममा २६ जिल्लामा ४८ शाखा कार्यालय मार्फत ३२ हजार भन्दा बढी सदस्यलाई लघुवित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ । साथै, संस्थाले चालु आव भित्र थप शाखा कार्यालयहरु स्थापना गरी आफनो सेवा विस्तार गर्ने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.