आरएमडीसी लघुवित्तद्वारा ओसीसीईडी नेपाललाई नगद तथा खाद्यान्न सहयोग

  २०७६ फागुन ११ गते १९:४९     विकासन्युज

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले मुदाय, वातावरण तथा बाल विकास संघ(ओसीसीईडी/नेपाल) लाई नगद तथा खाद्य सामाग्री सहयोग गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कालोपुल स्थित अनाथ बालबालिकालाई आश्रय दिईरहेको ओसीसीईडी/नेपाललाई उक्त सहयोग गरेको हो ।

आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले ओसीसीईडी/नेपालका अध्यक्ष विभोर लाल श्रेष्ठलाई ५० हजार रुपैयाँ बरावरको खाद्य सामाग्री र ओसीसीईडी/नेपालको नाममा ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा ओसीसीईडी/नेपालका अध्यक्ष श्रेष्ठले यस प्रकारको सहयोगले उक्त संस्थालाई ठूलो राहत तथा हौसला मिलेको खुसी व्यक्त गर्दै आरएमडीसीलाई धन्यवाद दिएका छन् ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा आरएमडीसीका वरिष्ठ प्रवन्धक अन्नपूर्ण श्रेष्ठ,रुप बहादुर खड्का, प्रवन्धक ज्ञानु माया भण्डारी र उक्त संस्थाका उपाध्यक्ष शशि श्रेष्ठ लगायत अन्य पदाधिकारी तथा सोही संस्थाका अनाथ बालबालिकाहरुको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.