सिटिजन्स बैंकले उपभोक्ता समितिलाई दियो ७५ हजार, पोखरामा सिसिटिभी जडान गर्ने

  २०७६ फागुन २ गते १४:५०     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले पोखरामा सिसिटिभी जडान गर्न उपभोक्ता समितिलाई ७५ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले कास्कीको जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच उक्त रकम हस्तान्तरण गरेको हो ।

बैंक तथा वित्तीय संस्था, सुन चाँदीपसल र आर्थिक कारोबार हुने व्यवसायीहरुको सुरक्षाको हेतुले पोखरा महानगर पालिकाको पालीकाचोकदेखि राष्ट्र बैंक चोकसम्म समितिले सिसिटिभी जडान गर्ने योजना अगाडी सारेको छ । यस कार्यले उक्त क्षेत्रमा हुने क्रियाकलापको निगरानीमा सहयोग पुग्ने बैंकको विश्वास छ ।

सिसिटिभी जडान पछि आपराधिक क्रियाकलापको अनुसन्धान गर्न नेपाल प्रहरीलाई सहज हुने कुरा समितिले जनाएको छ । शान्ति सुरक्षा कायम गरी अपराधमुक्त समाजको निर्माण गर्नुका साथसाथै अपराध अनुसन्धानमा संलग्न नेपाल प्रहरीका अधिकृत तथा जवानहरुलाई थप हौसला प्रदान गर्नेे विश्वास बैंकले लिएको छ ।

हाल बैंकले ८९ वटा शाखा, ९० वटा एटीएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.