अप्रिलियाले १२५ सीसीको म्याक्सी स्कुटरको उत्पादन सुरु गर्ने

  २०७६ माघ २९ गते ११:११     विकासन्युज

काठमाडौं । इटालियन ब्राण्ड अप्रिलियाले १२५ सीसीको म्याक्सी स्कुटरको उत्पादन सुरु गर्ने भएको छ । भारतमा चलिरहेको अटो एक्स्पो २०२० मा कम्पनीले एसएक्सआर १६० नामक म्याक्सी स्कुटरलाई प्रदर्शनमा राखेको थियो । यो भने अप्रिलियाको १६० सीसी स्कुटर हो ।

१२५ सीसीको म्याक्सी स्कुटर एसएक्सआर १६० मै आधारित हुनेछ र एसआरएक्स सिरिज भित्रनै पर्नेछ । सो स्कुटरको नाम एसआरएक्स १२५ हुने कुरा भारतीय मिडियाहरुले जनाएका छन् ।

एसआरएक्स १६० लाई २०२० को मध्यतिर लञ्च गरेपश्चात् मात्र यो स्कुटरलाई बजारमा भित्र्याइने छ । लञ्च पश्चात् सो स्कुटरको मूल्य अप्रिलियाकै अर्को १२५ सीसी मोडेल एसआर १२५ भन्दा १० हजार रुपैयाँ देखि १५ हजार रुपैयाँको हाराहारीले महँगो पर्नेछ ।

एसआरएक्स १२५ मा प्रदर्शनमा राखिएको मोडेल एसआरएक्स १६० कै ब्रेक र सस्पेन्सन लगायतका पार्टस्हरु सामेल हुनेछन् । यसको मतलव यो हो कि दुवै १२५ सीसी र १६० सीसीका म्याक्सी स्कुटरहरुले समान डिजाइन पाउनेछन् । एसआरएक्स १२५ मा एलईडी लाइटिङ्ग सिस्टम, ठुलो इन्स्ट्रुमेन्ट कन्सोल, स्मार्टफोन कनेक्टिभिटी लगायतका विशेषताहरु समावेश हुनेछन् ।

यस स्कुटरमा एसआर १२५ कै १२५ सीसी फ्युल–इन्जेक्टेड इञ्जिन समावेश गरिने अनुमान गरिएको छ । यो इञ्जिनले १० पीएसको पावर र ९.७ एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी यसमा एसआर १२५ जस्तै टेलिस्कपिक फ्रन्ट फर्क र सिङ्गल रियर शक एब्जर्बर जडान गरिने अनुमान पनि गरिएको छ ।

तर यसमा एसआर १२५ मा जस्तो १४–इञ्च व्हिल्स नभएर १२–इञ्च व्हिल्स हुने सम्भावना रहेको छ । अप्रिलियाले सो स्कुटरलाई डिस्क र ड्रम दुइओटै भेरियन्टहरुमा उपलब्ध गराउने छ । लञ्च पश्चात् एसआर १२५ ले सुजुकीको बर्गम्यान स्ट्रिटसँग ठाडो प्रतिष्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.