ग्लोबल आइएमई बैंकको नयाँ शाखा भक्तपुरको कमलविनायकमा, संख्या २७० नाघ्यो

  २०७६ माघ २० गते १८:५९     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले भक्तपुरको कमल विनायकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारदेखि भक्तपुर जिल्ला भक्तपुर नगरपालिका-१०, कमल विनायकमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो ।
नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयको संख्या २७० पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले २७० वटा शाखा, ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८ शाखा रहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.