प्रभु बैंककाे दुई दिने वित्तीय साक्षरता कार्यक्रमः अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने

  २०७६ माघ १९ गते १९:१९     विकासन्युज

काठमाडौं । प्रभु बैंकले दुई दिने वित्तीय साक्षरता एवं अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बैंकले भारतको मुख्य शहर तथा प्रमुख व्यापारिक केन्द्र मुम्बईमा विभिन्न पेशा र व्यवसायमा संलग्न रहेका प्रवाशी नेपालीहरुलाई लक्षित गरी माघ १८ र १९ गते दुई दिन उक्त कार्यक्रम गरेको हो ।

यूके एड-डीएफआईडी अन्तर्गत सञ्चालित सामाजिक क्षेत्रमा कार्यरत संस्था सक्षम, एसेस् अडभाईजरी र र प्रभु मनि ट्रान्सफरको सहकार्य एवं संयुक्त आयोजनामा उक्त अन्तक्रिया कार्यक्रम गरेको बैंकले जनाएको छ ।

विभिन्न पेशा र व्यवसायमा आवद्ध भई भारतको प्रमुख व्यापारिक शहर मुम्बईमा रहेका करिब २०० जना प्रवासी नेपालीहरुको उपस्थिति रहेको थियो । उक्त २ दिने वित्तीय साक्षरता एवं अन्तर्क्रियात्मक कार्यक्रममा सहभागीहरुलाई आर्जन गरेको रकम औपचारिक एवं बैंकिङ्ग प्रणाली मार्फत नेपालमा रहेका आफन्तहरुलाई पठाउने लगायत वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा विज्ञ समूहबाट पर्याप्त जानकारी गराईएको थियो ।

उक्त अवसरमा सहभागीहरुबाट अन्तर्क्रियामा भाग लिँदै नेपालको बैंकिङ्ग प्रणाली, आफुले आर्जन गरेको रकम नेपालमा पठाउने भरपर्दो एवं सरल माध्यम लगायत वित्तीय जानकारी सम्बन्धी जिज्ञाशा राखिएको थियो ।

प्रभु बैंक समेतको आयोजनामा आयोजित उक्त वित्तीय साक्षरता एवं अन्तक्र्रियात्मक कार्यक्रममा उपस्थिति जनाएका मुम्बईस्थित प्रवाशी नेपालीहरुले आफुले आर्जन गरेको रकम बैंकिङ्ग प्रणाली मार्फत नेपालमा रहेका आफन्तजनहरुलाई पठाउन विगतमा भन्दा सहज महशुस गर्नेछन् । साथै, यसबाट नेपालको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्नेछ भन्ने बैंकको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.