नवलपुरमा ग्रीन डेभलपमेण्ट बैंककाे थप दुई शाखा, तनहुँमा पनि विस्तार गर्ने तयारी

  २०७६ माघ १९ गते १८:४१     विकासन्युज

काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकले नवलपुर जिल्लामा थप दुई शाखा संचालनमा ल्याएको छ । विकास बैंकले नवलपुरको कांग्रेसचोक र कावासोतीमा शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो ।

कांग्रेसचोक शाखाको उद्घाटन बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठ र कावासोती शाखाको उद्घाटन पुर्व संचालक नरेन्द्र रमण त्रिपाठीले गरेका हुन् ।

पोखराको सभागृह चोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंकले नवलपुर जिल्लामा थप दुई शाखा संचालनमा ल्याएको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले पोखरामा केन्द्रीय कार्यालय भई कार्य गर्दै आएको यस विकास बैंकले गण्डकी प्रदेश स्तरको एक मात्र स्थानिय बैंक हुने उद्देश्यका साथ नवलपुर जिल्लामा शाखाहरु विस्तार गरेको बताए । बैंकले निःशुल्क एटीएम डेबिट कार्ड, अत्याधुनिक मोवाईल बैंकिङ्ग सुविधा, कनेक्ट आईपिएस, निःशुल्क एबिबिएम सुविधा, सुनचाँदी धितोमा कर्जा लगायतका विभिन्न वैंकिङ्ग सुविधा प्रदान गर्नुका साथै स्थानिय स्तरमै सञ्चालित उद्यमशीलतासँग सम्बन्धित तथा अन्य उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कर्जा उपलब्ध गराउदैं आएको बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले बताए ।

बैंकका हाल कास्की, वाग्लुङ्ग, म्याग्दी र नवलपुर जिल्लामा १३ वटा शाखा रहेकोमा निकट भविष्यमा तनहूँका विभिन्न स्थानहरुमा समेत शाखा विस्तार गर्ने योजना राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.