राष्ट्रिय बीमा संस्थानको सुर्खेत शाखा उद्घाटन, व्यवसाय विस्तारमा अग्रसर बन्दै

  २०७६ माघ १५ गते १९:२३     विकासन्युज


काठमाडौं । राष्ट्रिय बीमा संस्थानले बुधबार सुर्खेतमा शाखा कार्यालयको उद्धघाटन गरेको छ । उक्त शाखा कार्यालयको उद्धघाटन कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले गरेका हुन् ।

‘नीतिगत, कानूनी तथा व्यवहारिक रुपमा केही समस्या रहदै आएका छन्, सो समस्या सुल्झाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्छ, सङ्घीयताका कारण गाउँ-गाउँसम्म आर्थिक गतिविधि बढेको छ, अब कर्णालीबासीलाई बीमा संस्थानले बीमाको पहुँचमा ल्याउन सहयोग गर्नुपर्छ’-कार्यालय उद्घाटनकै क्रममा योजनामन्त्री ज्वालाले भने ।

यस्तै, संस्थानका अध्यक्ष गंगाराम कंडेलले शाखा विस्तारलाई तिव्रता दिँदै हरेक नागरिकको पहुँचमा बीमा पुयाउँने बताए । बीमाले आर्थिक जोखिमको व्यवस्थापन मात्र नभई मानसिक सुरक्षा दिनेसमेत हुँदा संस्थानले नीतिगत अस्पष्टता अन्त्य गरी सहजीकरण गर्नेमा कंडेलले जोड दिए ।

साथै, राष्ट्रिय बीमा संस्थानका प्रशासक कविप्रसाद पाठकले मुलुकका २० प्रतिशत जनता बीमाको पहुँचमा रहेको तथा कूल ग्राहस्थ उत्पादन जिडिपीमा बीमाको ३ प्रतिशत योगदान रहेको बताए । संस्थानले चालु आर्थिक वर्षमै जुम्लामा समेत शाखा कार्यालय सञ्चालन गर्ने जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.