प्रोभिडेन्ट मर्चेन्टको छैठौं साधारणसभा सम्पन्न, मर्जरमा जान अख्तियारी प्रदान

  २०७६ माघ १४ गते १७:५१     विकासन्युज

काठमाडौं । प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ्ग लिमिटेडको छैठौं साधारणसभा कम्पनीको केन्द्रीय कार्यालय बालकुमारीमा सम्पन्न भएको छ । उक्त सभाले कम्पनीको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरेको छ ।

कम्पनीले उद्देश्य मिल्ने अरु कम्पनीहरुसँग मर्जरमा जान संचालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ४ करोड १२ लाख रुपैयाँ रहेकाे छ । यस्तै अधिकृत पुँजी १० करोड र जारी पुँजी ८ करोड रुपैयाँ छ । कम्पनीले पुँजी वृद्धि गर्न हाल कायम रहेका संस्थापक सेयरधनीहरूलाई हकप्रद सेयर गर्न आह्वान गरेको प्रबन्ध निर्देशक बिमल तिवारीले जानकारी दिए ।

कम्पनी गत आर्थिक वर्षमा १ लाख १९ हजार ४ सय रुपैयाँ नोक्सानमा छ । सेयर बजारको खस्कँदो अवस्थामा समेत ठूलो नोक्सानी हुनबाट कम्पनीलाई जोगाउन सकेको प्रबन्ध निर्देशक तिवारीले बताए ।

साथै, कम्पनीले आगामी वर्ष बुटवल, नारायणगढ र जनकपुरलगायतका सहरमा शाखा विस्तार गर्ने जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.