साढे २ लाख घुससहित समातिए प्राधिकरणका तीन कर्मचारी

  २०७६ माघ १२ गते १२:५१     विकासन्युज

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका तीन कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  प्राधिकरण कुलेश्वर वितरण केन्द्रका दुई र घ्याङखेल गाउँपालिका कार्यालय सिन्धुलीका एक कर्मचारीलाई घुस लिँदै गरेको अवस्थामा समातेको हाे ।

केन्द्रमा ज्यालादारीमा कार्यरत कृष्णमुरारी चौधरी र पुरुषोत्तम दाहाललाई अख्तियारले माघ ९ गते २५ हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।  घ्याङखेल गाउँपालिका कार्यालय सिन्धुलीका इन्जिनियर दीलिपकुमार साहपनि घुस प्रकरणमा समातिएका छन् ।

साहले २ लाख २६ हजार रुपैयाँ घुस मागिरहेको भन्ने सूचनाको आधारमा अख्तियारको बर्दिबासबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो । अख्तियारका अनुसार घ्याङलेख गाउँपालिकाको विभिन्न वडामा एचटी र एलटी तथा ट्रान्सफर्मर जडान एवं विद्युतिकरणको काम सकेर भुक्तानी लिने क्रममा साह समातिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.