२२ औं भूकम्प दिवस रसुवामा सम्पन्न, व्यक्ति तथा संघ संस्था सम्मानित

  २०७६ माघ ३ गते १०:४०     विकासन्युज

काठमाडौं । रसुवामा २२ औं भूकम्प दिवस पनि विविधि कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा जिल्ला विपद् व्यवस्थापन समितिले सदरमुकाम धुन्चेमा विभिन्न कार्यक्रम गरेको थियो ।

सो अवसरमा सदरमुकाम धुन्चेमा भुकम्प सुरक्षा सम्बन्धि नाटक समेत प्रस्तुत गर्नुका साथै विभिन्न व्यक्ति तथा संघ संस्थालाई सम्मान गरेको छ । विपद्को समयमा जिल्लामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति तथा संघ संस्थालाई सो अवसरमा सम्मान गरिएको हो।

उनीहरूलाई सांसद मोहन आचार्यले सम्मानित गरेका हुन् ।यस वर्ष ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ भन्ने नारा सहित २२ औँ भूकम्प सुरक्षा दिवस मनाइएको छ । १९९० सालमा गएको भूकम्पको स्मृतिमा हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ । विसं २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भुकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो ।

नेपाल भुकम्पको जोखिमका हिसाबले विश्वको ११औँ जोखिमपूर्ण देशमा पर्छ । नेपालमा हरेक ८० देखि एक सय वर्षको अन्तरालमा ६ देखि ८ रेक्टर स्केलको भूकम्प जाने गरेको पाइएको छ । २०७२सालको भुकम्पबाट अति प्रभावित जिल्लाको सूचिमा रसुवा जिल्ला पनि पर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.