लिवर्टी इनर्जीको दशौं वार्षिक साधारणसभा सम्पन्न

  २०७६ पुष ११ गते १६:५४     विकासन्युज

काठमाडौं। लिवर्टी इनर्जी कम्पनीको दशौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । कम्पनीका संचालक अध्यक्ष कुश कुमार जोशीको सभापतित्वमा साधारणसभा सम्पन्न भएका हो।

उक्त साधारणसभाले कम्पनीको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण पारित गर्ने लगायतका प्रस्तावहरु परित गरेको छ ।

कम्पनीले कुल जारी पूँजी १ अर्ब ५० करोड मध्ये १ अर्ब १२ करोड ५० लाख संस्थापक शेयर चुक्ता भईसकेको छ र बाँकी ३७ करोड ५० लाख बराबरको आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारण समेतलाई साधारण शेयर जारी गर्न एनआईविएलले क्यापिटलसँग सम्झौता भई धितोपत्र बोर्डबाट अन्तिम स्विकृतीको लागि सम्पूर्ण कागजातहरु पेश गरेको जानकारी दिएको छ ।

हाल यस कम्पनीले ३ वटा जलविद्युत आयोजनाहरु लमजुङ जिल्लामा माथिल्लो दोर्दी “ए” र लोदो खोला साना जलविद्युत आयोजना र बाग्लुङ जिल्लामा बडिगाढ खोला जलविद्युत आयोजना अघि बढाएको छ ।

उक्त आयोजनाहरु मध्ये लमजुङ जिल्ला स्थित २५ मे.वा. क्षमताको माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजनाको हालसम्म करिब ९५% निर्माण कार्य सम्पन्न भईसकेको र व्यापारिक उत्पादन गर्नुपर्ने मिति गत २०७६ भाद्र १४ रहेतापनि गत २०७६ श्रावण ८ गते दोर्दी खोलामा आएको भीषण बाढीले गर्दा आयोजनामा क्षति पु¥याई निर्माण कार्यमा केही ढिला हुने भएकोले आरसिवोडि मिति गत २०७६ चैत्र ३० गते रहने गरी संशोधन गरिएको र उक्त मिति अगाडी नै आयोजना सम्पन्न गर्ने गरी द्रुत गतिमा निर्माण कार्य भईरहेको जानकारी प्रवन्ध संचालक डा. आत्माराम घिमिरेले साधारण सभामा गराए ।

साथै कम्पनीद्धारा सर्भेक्षण अनुमति पत्र प्राप्त २४.६ मे.वा. क्षमताको बडिगाड खोला जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भई आइई को टिओर समेत स्विकृत भई अन्तिम स्विकृतीको प्रक्रियामा रहेको र १.६ मे.वा क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भई आइई रिपोर्ट पेश भएको र नेपाल विद्युत प्राधिकरणसँग कनेक्सन एग्रिमेन्ट सम्पन्न भई पिपिए हुने चरणमा रहेका छन् ।

कम्पनीका शेयरधनीहरुको उल्लेख्य उपस्थिति रहेको उक्त साधारण सभा सम्पूर्ण शेयर धनीहरुको जिज्ञासाको जवाफ दिँदै सौहार्दपूर्ण रुपमा उल्लासपूर्वक सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.