लक्ष्मी बैंकको १५ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ९ अर्ब ८१ करोड नाघ्यो

  २०७६ पुष ६ गते १७:३२     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकको प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ । आइतबार(पुस ६ गते) सम्पन्न बैंकको १९औं वार्षिक साधारणसभाले शेयरधनीलाई १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको हो ।

पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । आ.व. २०७५/७६मा ८० अर्ब ३२ करोड रुपैयाँ निक्षेप र ७७ अर्ब ८४ करोड कर्जा पुर्याएको यस बैंकको वासलातको आकार १०६ अर्ब रुपैयाँ रहेको छ । सो आ.व.मा बैंकले १ अर्ब ५९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ ।

साथै, साधारण सभाले संस्थापक शेयरधनीका तर्फबाट मनोनित सञ्चालकहरुको नियुक्ति अनुमोदन समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.