डीएभी माध्यमिक विद्यालयको २७ औं वार्षिकोत्सव सम्पन्न

  २०७६ पुष ३ गते १४:२७     विकासन्युज

काठमाडौं । ललितपुरस्थित डीएभी शुशील केडिया विश्व भारती विद्यालयको २७औँ वाषिर्कोत्सव विद्यालयको बुद्ध प्रेक्षालयमा सम्पन्न भएको छ ।

समाराेहमा  प्रमुख अथिति नेपालस्थित भारतीय राजदूतावासका डेप्युटी चिफ अफ मिसन, डा. अजय कुमारलगायत नेपालका शिक्षा क्षेत्रका प्रतिष्ठित व्यक्तिहरु उपस्थित भएका थिए । उक्त कार्यक्रममा विद्यालयका कक्षा नर्सरीदेखि १२ सम्मका विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरूलाई वार्षिक पुरस्कार वितरण गरिएको थियो ।

विश्व साहित्य, संस्कृति, भाषा र कला क्षेत्रमा संग्लग्न रहेका मिडियाकर्मीहरुको लागि उक्त दिन प्रदर्शनमा रहने विश्व साहित्यमा लिखित तर लोपोन्मुख अवस्थामा रहेका सांस्कृतिक धरोहर र सम्पदाहरू सम्मिलित साङ्गितिक नाट्य यात्रा जीवनको विलक्षण अनुभव गरिएको थियो । सांस्कृतिक कार्यक्रमका वर्षभरिकै छानिएका र तिखारिएका सर्वोत्कृष्ट विद्यार्थीहरुको प्रदर्शन रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.