ग्लोकल आफ्टर स्कुलकाे आयोजना हुन लागेको सिप हप्ताका लागि आवेदन खुल्ला

  २०७६ पुष २ गते १७:४३     विकासन्युज

काठमाडौं। ग्लोकलले सिप हप्ता नामक कार्यक्रमको आवेदन खोलेको छ।  विभिन्न सिपमुलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला, तालिम, प्रदर्शनी, लगायत मनोरन्जनलाई मध्य नजरमा राख्दै सिपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कार्यक्रमकाे आवेदन खोलेको हो।

ग्लोकल आफ्टर स्कुल ग्लोकलको मातहतमा चल्ने एउटा इकाइ हो । ग्लोकलको स्थापना देखी ग्लोकल आफ्टर स्कुल ग्लोकलको अभिन्न अङ्ग बन्दै आएको छ । बजारमा दक्ष्य जनशक्तिको वृद्दि गर्न ग्लोकल आफ्टर स्कुलले बिभिन्न रोजगारीमुलक सिपयुक्त तालिमहरु प्रदान गरिरहेको छ।

हालसालै ग्लोकल प्रा. लिमिटेडले श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालयको प्रशिक्षण विभागका लागि सीपलाई बढावा दिन भावी जीवनको लागि सिप ‘नेपालमा भविष्यको रोजगारको लागि सिपहरु’ भन्ने बिषयमा अनुसन्धान गरेको थियो। सोही अनुसन्धानको नतिजालाई महत्व मानी ग्लोकलले सिप हप्ता नामक कार्यक्रमको आयोजना गर्न लागेको हो।

कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकायसँगको साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर, बढ्दो सिपप्रतिको महत्व, व्यापार, सेवा, आधुनिक प्रविधी देखी लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्यलिई सिप हप्ता नामक कार्यक्रम २० जनवरी देखी २६ जनवरी सम्म सन्चालन हुँदैछ। १६ देखि ३० वर्षकाले कार्यक्रममा निशुल्क रुपमा सहभागीता जनाउन सक्नेछन र सोहि कार्यक्रमबाट सिप विकासकोबारे जानकारी लिन सक्नेछन ।

सिपमुलक तालिम देखी रोजगारीको अवसरमा देखिने ग्यापलाई कम गर्ने लक्ष्य लिएर जनवरी २०२० मा सिप हप्ता सन्चालन हुने भएको हो । यो युवाहरुका लागि एक खुल्ला मन्च हो । सम्पूर्ण आवेदन निशुल्क हुनेछन र युवाहरुले सिपका विभिन्न किसिम, यस क्षेत्र, बजारको माग एवम सिपको महत्वका बारेमा जानकारी पाउने छन् । सिप हप्ताले युवाहरुलाई विभिन्न सिपका बारेमा अन्वेशन गर्न, आफु सन्लग्न हुन एवम ज्ञान हाँसिल गर्न सहयोग पुग्नेछ ।

ग्लोकल प्रालीका सहनिर्देशक काजोल झा ठाकुर भन्छन्, सिप हप्ता युवाहरुका लागि उनिहरुको प्रतिभा प्रस्फुटन, अन्तर दृष्टि एवम ज्ञानका लागि महतव्पूर्ण मन्च साबित हुनेछ र बद्द्दो जनशक्तीको मागलाई पुर्ती गर्न, आवश्यकता अनुरुप सिप बृदि गर्न महत्वपूर्ण भूमिका खेल्ने छ ।

कार्यक्रममा  कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतिथ्य र विज्ञान तथा प्रविधीकाे ४ फरक सीप क्षेत्रहरूमा प्रदर्शन गरिनेछ। छलफल, सिपमुलक प्रस्तुती, प्रदर्शनी, प्रतिस्पर्धा, कार्यशाला, तालिम, खाना तथा मनोरन्जन कार्यक्रमका मुख्य विशेषता रहेकाे छ । २० देखी २४ जनवरी सम्म विभिन्न संघसंस्थाद्वारा तालिम एवम कार्यशाला प्रदान गरिने छ ।

जीवनउपयोगी सिपहरु अन्तर्गत चलचित्र महोत्सव पनि सन्चालन गरिने छ जसमा युवाद्वारा नै निर्मित २ मिनटको चलचित्र प्रदर्शन हुनेछ ।

२५ जनवरीमा सिप उत्सब एवम प्रदर्शनी बबरमहल स्थित किङ्स कलेजमा आयोजना गरिने छ। यस्तै २६ जनवरीमा समापन समरोहलाई लक्षित गरेर सिईवो अनपल्गड २०२० नामक भव्य कार्यक्रम सन्चालन गरिनेछ । सिईवो अनपल्गड ग्लोकलको वार्षिक रुपमा सन्चालन गर्ने कार्यक्रम हो। यो एक फोरम हो जहाँ व्यापारकाे चुनौती, अवसर एवम् प्रयोगात्मक शिक्षाको महत्व एवम नव आगन्तुक व्यापारका पारखीहरुलाई मार्ग्दिशा प्रदान गर्न सन्चालन गरिन्छ । कार्यक्रमको मुख्य नारा भनेको ‘आजले भोलीलाई भेट्छ’ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.