ट्याक्सीमा नयाँ मापदण्ड : व्यवसायी भन्छन्– ‘१२ सय सीसीका गाडी चल्ने काठमाडौंमा सडक छैन’

  २०७६ मंसिर २६ गते ९:३८     सन्ताेष राेकाया

काठमाडौं । हालै यातायात व्यवस्था विभागले ट्याक्सीमा नयाँ मापदण्ड लागु गरेको छ । नयाँ मापदण्ड अनुसार अब ट्याक्सी सञ्चालन गर्न कम्तीमा १२ सय सीसी वा सोभन्दा माथिको हुनुपर्नेछ । ट्याक्सी व्यवसायीहरु भने विभागले  लागु गरेको मापदण्ड हाँस्यास्पद भएको बताउँछन् । सुविधा सम्पन्न ट्याक्सी सञ्चालन गर्न पूर्वाधार पनि साेही अनुरुप हुनपर्नेे  पर्ने माग उनीहरुले गरेका छन् । सडकहरु पनि सुविधा सम्पन्न र फराकिला हुने

विगत तीन वर्षदेखि काठमाडौंमा ट्याक्सी चलाउँदै आएका आकाश मगरले सरकारले ल्याएको  मापदण्ड अनुसार काठमाडौंका सडकहरु पनि फराकिला हुनु पर्ने बताए  ‘हामीले यात्रुहरुलाई पुर्याउन गल्ली–गल्लीमा पुग्नुपर्छ’, उनले भने, ८ सय सीसीको ट्याक्सी भित्र गल्लीमा छिराउन त समस्या हुन्छ, १२ सय सीसीको कसरी जान्छ ।  गल्लीहरु फराकिलो बनाए मात्र यो मापदण्ड सफल र कार्यान्वय हुन्छ ।’

यस्तै अर्का ट्याक्सी चालक हरिमोहन मगरले भने, ‘हामीले यात्रुहरुले भने अनुसारको ठाउँमा जानुपर्ने हुन्छ ,त्यहाँ गाडी छिर्दैन, नगए पैसा दिन्न भनेर निहुँ खोज्छन्, हामीले छिर्दै नछिर्ने ठाउँमा कसरी जाने ? ’

‘अब भ्रमण वर्ष सुरु हुँदैछ’ मगरले भने, पर्यटकहरुलाई सम्बन्धित होटलहरुमा पुर्याउनु नै पर्ने हुन्छ, उनीहरुलाई बिच सडकमा छोड्नु पनि भएन । होटलमा पुर्याउन सडक साँघरा छन् । उनले भने ‘अब काठमाडौँका गल्ली गल्लीमा कसरी गाडी चल्लान् ? ’

यी त केहि उदाहरण मात्र हुन् । विभागले ल्याएको मापदण्ड अनुसार नै राजधानीका सडक पनि बन्नुपर्ने उनीहरुले आवाज उठाउँदै आएका छन् । अहिले सडकमा ८ सय सीसीका ट्याक्सी चलिरहेका छन् । ८ सय सीसीका ट्याक्सीहरु २० वर्ष चलाएपछि त्यसलाई हटाएर त्यही नम्बरमा अर्को नयाँ ट्याक्सी ल्याउँदा यो मापदण्ड लागू हुने जनाएको छ ।

उपभोक्ता मारमा

अहिले उपत्यकाका सडकहरुमा ८ सय सीसीका पुराना ट्याक्सीहरुको बाहुल्यता छ । ८ सय सिसीका ट्याक्सीहरु कम इन्धनमा लामो दुरी पार गर्न सक्छन्। तर, तिनीहरुले मनोमानी ढंगले यात्रुहरुबाट भाडा उठाउँदै आएको पनि आरोप लाग्ने गरको छ । यिनै ट्याक्सीमा भइरहेको मनोमानी भाडा असुल्नो र मिटर सञ्चालन नगर्नाले यात्रुहरुले हैरानी खेप्नु परेकाे छ ।

१२ सय सीसीका ट्याक्सी खरिद गर्दा खरिद दर महँगो पर्ने, इन्धन धेरै जाने र भाडादरपनि महँगो हुने भएकोले सर्वसाधारण र न्यून आय भएका जनताले खरिद गरेर सञ्चालन गर्न नसक्ने देखिएको छ ।  त्यसैगरी, मूल्यमा पनि ठूलो अन्तर छ । नयाँ ट्याक्सीको मूल्य करिब ३० लाखसम्म पर्छ भने पुरानाको जम्मा लगभग १८ लाख मै पाउन सकिन्छ  । ट्याक्सीमा एकैपटक थोपरिएको यस नियमले व्यवसायीलाई पनि ठूलो झट्का दिने देखिएको छ ।

नेपाल मिटर ट्याक्सी सेवा प्रालिका अध्यक्ष हरिकृष्ण बस्नेतले १२ सय सीसीको ट्याक्सीले केही सेवाहरु दिएपनि ट्याक्सी व्यवसायीलाई ठूलै मार पार्ने बताए । उनले यो मापदण्डबाट धेरै ट्याक्सी व्यवसायीहरु विस्थापित हुन सक्ने अवस्था आउने बताए ।

१२ सय सीसीका ट्याक्सी सञ्चालन मापदण्ड ल्यायर उक्त मापदण्डमा सेडनको विषय हटाउनुपर्ने र सबै कम्पनीका ट्याक्सी सञ्चालनमा ल्याउन सक्नेगरी खुला मापदण्ड तोकिनुपर्ने व्यवसायीहरु बताउँछन् ।

नयाँ मापदण्डका के छन् विशेषता

विभागले तोकेको नयाँ मापदण्ड अनुसार १२ सय सीसीको गाडीमा तीनभन्दा धेरै सिलिन्डर हुनुपर्ने छ । त्यस्तै सेन्ट्रल लकिङ, एसी हिटर, प्रिन्टरसहितको डिजिटल मिटर र एलइडी स्क्रिनसहितको जीपीएस नेभिगेटर सिस्टम अनिवार्य हुनुपर्ने उल्लेख छ ।

पुराना व्यवसायीले एउटा ट्याक्सी २० वर्ष चलाएपछि पुनः सोही नम्बर प्लेटमा अर्को किनेर चलाउन सरकारले अनुमति दिने गरेको छ । तर, नयाँ नम्बरको ट्याक्सी चलाउन पाइँदैन । एउटा ट्याक्सीको नम्बर प्लेटका लागि १० लाखसम्म तिर्नुपर्ने बाध्यता छ ।

सरकारले कोटा तोकेर नम्बर प्लेट वितरण गरेका ट्याक्सीको संख्या अहिले देशभरमा झण्डै १६ हजार छ । काठमाडौंमा हाल ९ हजार ट्याक्सी दर्ता भएर सञ्चालनमा रहेका छन् । जबकि १५ वर्षअघि नै ११ हजार ट्याक्सी थिए । ट्याक्सी चल्ने सम्भावना रहेका धेरै शहरमा अहिले पनि दर्ता खोलिएको छैन । नयाँ ल्याउन नदिँदा काठमाडौं उपत्यका लगायत देशभर थोत्रा ट्याक्सीको बाहुल्य छ ।

नयाँ नम्बर प्लेट खोल्ने सम्बन्धी कुनै निर्णय नगरेको महानिर्देशक गोगन बहादुर हमालले बताए । उनले यो मापदण्डले उपभोक्ताहरुले राम्रो सुविधा पाउने बताए । सुविधा सम्पन्न र आरामदायी यात्रा गर्न पाएपछि मान्छेहरु जति पनि पैसा तिर्न तयार हुने उनले बताए ।

विभागले गत चैतमै ट्याक्सीको नयाँ मापदण्डको मस्यौदा मन्त्रालय पठाएको थियो। मन्त्रालयले मापदण्ड निर्धारण विभागकै क्षेत्राधिकारभित्र पर्ने भन्दै मस्यौदा करिब १ महिना अगाडि विभागमै फिर्ता पठाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.