टाटा मोटर्सद्वारा चौथो ग्लोबल सर्भिस क्याम्प सञ्चालन

  २०७६ मंसिर २० गते १०:५९     विकासन्युज

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले ग्लोबल सर्भिस क्याम्प यही मंसिर १९ देखि २१ गते सम्म संचालनमा ल्याएको छ । उक्त कार्यक्रमको उद्घाटन टाटा मोटर्स् कमर्सियल गाडीका प्रेसिडेन्ट गिरिस वाग तथा सिप्रदी टेडिङ्गका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जवराले संयुक्त गरेका हुन् ।

गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्प विश्वभरी एकै साथ आयोजना गरिएको छ । यस ग्लोवल सर्भिस क्याम्प अन्तर्गत टाटा मोटर्सका सम्पूर्ण डिलर एवं आधिकारीक सर्भिस सेन्टरहरुमा गाडीको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुनेछ ।

यस क्याम्पमा चालकहरुका लागि नयाँ प्रविधि एवं सुरक्षित ड्राईभिङ्ग सम्बन्धी निःशुल्क तालिम, टाटाको पार्टस्मा विशेष छुट, निःशुल्क लेबर चार्ज, आकर्षक उपहार, लुब्रिकेन्टस्मा आकर्षक अफर, जस्ता प्रमुख विशेषताहरु रहेका छन् ।

सिप्रदी ट्रेडिङ्गले यसै अवसर पारेर टाटा मोटर्सकाे टाटा विङ्गगर ‘बिएसआइभी २.२ एल डिकोर’ गाडीको औपचारिक रुपमा उद्घाटन गरिएको छ । त्यस क्याम्पमा एक्साईड व्याट्री, मिसेलिन, सिप्रदी अटोपार्टस्, म्याक ल्यूव्रिकेन्टस्, इन्सुरेन्स, बैंक र अन्य अटोमोटिभ ब्राण्डहरूले सहभागिता जनाएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.