झापाको भृकुटीमा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा, कार्कीले पाए पीओएस मेसिन

  २०७६ मंसिर ८ गते १८:२७     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले झापा जिल्लाको भृकुटीमा ३९औं शाखारहित बैंकिङ्ग सेवाको शुरु गरेको छ । उक्त शाखाको उद्घाटन ज्येष्ठ नागरिक सेवा समीतिको अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी र बैंकको प्रादेशिक कार्यालय १ का सदस्य पुर्णबहादुर थापाले एक समारोहकाबीच गरेका हुन् ।

सो समारोहमा ठाकुरप्रसाद शिवाकोटी र पुर्णबहादुर थापाले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि दिलबहादुर कार्कीलाई पोइन्ट अफ सेल(पीओएस) मेसिन हस्तान्तरण गरेका छन् ।

हालसम्म बैंकले वटा १२४ शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा एटीए मार्फत सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.