टोयोटाले इटिओस फेमेलीकाे उत्पादन बन्द गर्दै, यस्ता छन् कारण

  २०७६ मंसिर ५ गते १८:१६     विकासन्युज

काठमाडौं । जापनिज कार उत्पादक कम्पनी टोयोटाले अप्रिल २०२० बाट आफ्नो इन्ट्री लेभल कारहरु ‘इटिओस’, ‘इटिओस लिभा’ र ‘इटिओस क्रस’ को उत्पादन बन्द गर्ने भएको छ । भारतमा नयाँ प्रदुषण नियम लागू हुने दिनबाट यी मोडेलहरुलाई डिस्कन्टिन्यू गरिनेछ ।

टोयोटाले आफ्ना ती मोडेलहरुलाई नयाँ प्रदुषण नियम अनुरुप अपडेट गर्नुपरेको खण्डमा सो कारहरुको मूल्य धेरै बढेर जानेछ । त्यसैगरी अक्टोवर २०२० बाट भारतमा ‘पेडेस्ट्रियन प्रोटेक्शन नम्र्स’ पनि लागू हुन गइरहेको छ । सो नियम लागू भएपछि वाहनहरुमा शिट मेटल लगायतका विशेषता हुनु अनिवार्य समेत हुनेछ ।

भारतिय मिडियाहरुले जनाए अनुसार टोयोटाले इटिओस फेमेलीलाई उल्लेखित मापदण्ड अनुरुप अपडेट गर्न ठूलो लगानी खन्याउनुको सट्टा सो फेमेलीकै उत्पादन बन्द गर्नुमा फाइदा देखेको हो । टोयोटाले पहिलो पटक इटिओस सेडानलाई डिसेम्वर २०१० मा बजारमा ल्याएको थियो भने इटिओस लिभा ह्याचब्याकलाई जुन २०११ मा र इटिओस क्रसलाई चाहिँ मे २०१४ मा भित्र्याएको थियो ।

इटिओस फेमेलीको उत्पादन बन्द गरिए पछि ‘ग्ल्यान्जा प्रिमियम ह्याचब्याक’ टोयोटाको इन्ट्री लेभल मोडेलको रुपमा चिनिनेछ । टोयोटाको नेपालका लागि आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रा.लि.ले नेपाली बजारमा इटिओसको मूल्य ३७ लाख ५० हजार रुपैयाँ तोकेको छ भने इटिओस लिभा चाहिँ ३२ लाख रुपैयाँ मूल्यमा विक्री वितरण गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.