उद्योगमन्त्री यादवसँग जापानी अधिकारीले भने-‘नेपालमा लगानी गर्न इच्छुक छौँ’

  २०७६ कार्तिक २६ गते ९:२७     विकासन्युज

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवसँग जापानी कृषि मन्त्रालयका प्रेसिडन्ट अफ जापान इन्टरनेशनल रिसर्च सेन्टर फर एग्रिकल्चरल साइन्सेजका डा. मासारु इवानागा तथा जापानका राजदूत मासामिची सैगोले शिष्टाचार भेट गरेका छन् ।

शिष्टाचार भेटघाटका अवसरमा मन्त्री यादवले निरन्तरको जापानी सहयोगको लागि धन्यवाद व्यक्त गर्दै यस्ता खाले भ्रमण, छलफल र सहकार्यले सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको विचार व्यक्त गरे । उहाँले नेपालको उन्नति र प्रगतिमा हालसम्म जापानले गरेको सहयोगको उच्च मूल्यांकन गर्दै कृषि क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

साथै उनले नेपालमा राजनीतिक स्थिरता, कानूनी एवम् संरचनागत सुधारले विदेशी लगानीको वातावरण निर्माण भएको स्पष्ट पार्दै जापानको सरकारी र निजी दुबै स्तरबाट नेपालमा लगानी गर्न विशेष आग्रहसमेत गरे ।

भेटमा जापानका प्रेसिडन्ट अफ जापान इन्टरनेशनल रिसर्च सेन्टर फर एग्रिकल्चरल साइन्सेज डा. मासारु इवानागाले जापानी लगानीकर्ता नेपालमा लगानी गर्न आउन इच्छुक र उत्सुक रहेको बताए । राजनीतिक स्थिरता हासिल गरी कानून र पूर्वाधार निर्माणमा नेपालले गरेको प्रगतिले यहाँ लगानी गर्न उत्प्रेरित गरेको बताए ।

कृषि उत्पादनमा नेपालको भौगोलिक विविधता महत्वपूर्ण रहेको बताउँदै कृषिको विकास र लगानीका लागि नेपाल कृषि अनुसान्धान परिषद नार्कसँग समन्वय गर्ने कार्य भइरहेको बताए । भेटमा नेपालको लागि जापानी राजदूत महामहिम मासा मिचिसैगोसमेत उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.