हिरोको कन्सेप्ट बाइक ‘एक्स्ट्रीम १आर’ शोकेस, कहिले आइपुग्ला बजारमा ?

  २०७६ कार्तिक २० गते १९:२७     विकासन्युज

काठमाडाैं । इण्डियन मोटरसाइकल म्यानुफ्याक्चरर कम्पनी ‘हिरो’ ले इटालीको मिलानमा आयोजना भइरहेको ईआईसीएमए मोटरसाइकल शो मा आफ्नो १६० सीसी कन्सेप्ट मोटरसाइकललाई शोकेस गरेको छ । ‘एक्स्ट्रीम १आर कन्सेप्ट’ नाम दिइएको सो मोटरसाइकलले डिस्कन्टिन्यू गरिएको १५० सीसी ‘एक्स्ट्रीम स्पोर्टस्’ को स्थान लिने अनुमान गरिएको छ ।

‘एक्स्ट्रीम १आर कन्सेप्ट’ ले एउटा प्रोपर स्ट्रीट फाइटरको लुक्स पाएको देख्न सकिन्छ । यसमा रहेको शार्प लाइनिङ्ग, एग्रेशिभ एलईडी हेडलाइट, मस्कुलर ट्याङ्क, ‘आर’ ब्याज, कलर कम्बिनेसन, रेज्ड टेल सेक्सन, सिङ्गल पिस सिट सेटअप लगायतले यस मोटरसाइकललाई एकदमै स्टाइलिस बनाएको छ ।

त्यसैगरी, यस मोटरसाइकलमा दिइएको अपसाइड डाउन फर्क, इञ्जिन फेयरिङ्ग र स्लिक टायरहरुले गर्दा एक्स्ट्रीम १आर ले प्रिमियम लुक्स पनि पाएको छ । यो एउटा कन्सेप्ट मोटरसाइकल मात्र भएको हुनाले उत्पादन भएर आइपुग्दा यसमा यी सबै फिचरहरु भने समावेश नहुन सक्छन् ।

यस कन्सेप्ट मोटरसाइकलमा १६० सीसीको विल्कुलै नयाँ एयर-कुल्ड सिङ्गल-सिलिण्डर इञ्जिन दिइएको छ । अन्य स्पेसिफिकेशनहरुका बारेमा हिरोले केहि नजनाएको भएता पनि प्रोडक्शन भएर आइसक्दा यस मोटरसाइकलले बिएस६ कम्प्लायन्ट फ्युल इन्जेक्टेड इञ्जिन पाउनेछ भन्ने अनुमान गरिएको छ ।

१५० सीसीको‘एक्स्ट्रीम स्पोर्टस्’ डिस्कन्टिन्यूड भए पश्चात हाल यस सेग्मेन्टमा टक्कर दिने हिरोको अन्य कुनै मोटरसाइकल नरहेको हुँदा एक्स्ट्रीम १आर बजारमा आएपछि भने उक्त सेग्मेन्टमा पुनः पकड कायम राख्न हिरो सफल हुनेछ भन्ने आँकलन गरिएको छ ।

हिरो एक्स्ट्रीम १आर प्रोडक्शन भएर २०२० को अन्त्य तिर बजारमा आइपुग्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.