काठमाडौँको चपलीमा प्राईम कमर्सियलको शाखा बिस्तार

  २०७६ कार्तिक ७ गते १५:३५     विकासन्युज


काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले बुढानीलकण्ठ नगरपालिकामा शाखा बिस्तार गरेको छ । यो शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ९७ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा बिहीबार बुढानीलकण्ठ नगरपालिका मेयर उद्धवप्रसाद खरेल तथा बैंकका संचालक गजेन्द्र बिष्टले शाखा कार्यालय चपलीको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

बैंकले आगामी दिनमा पनि शाखा सञ्जाल बिस्तार गर्दै जाने नायब महाप्रबन्धक तथा प्रवक्ता भाइराजा तुलाधरले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.