न्यूरोडमा गुहेश्वरी मर्चेण्टको शाखा बिस्तार

  २०७६ कार्तिक ७ गते १३:२३     विकासन्युज


काठमाडौँ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले न्यूरोडमा शाखा बिस्तार गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले विहीबार एक समारोहका बीच न्यूरोड शाखा उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष राजेशलाल श्रेष्ठ, अध्यक्ष श्रीमान श्रेष्ठ, संचालकहरुसरोजनी श्रेष्ठ, डा. रेश्मा श्रेष्ठ, राजेश मानन्धर, किर्तिनाथ मास्के एवम् प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठको उपस्थिति रहेको थियो ।

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले २०७६ असोज मसान्तसम्म निक्षेप संकलन रु. ३ अर्ब ८२ करोड तथा कर्जा रु.३ अर्ब २१ करोड प्रवाह गरी रु. २ करोड १० लाख संचालन मुनाफा गरेको संस्थाद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ । यस वित्तीय संस्थाको चुक्तापूँजी ८० करोड तथा जगेडा कोषमा रु. २४ करोड ८७ लाख रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.