एशियाको आर्थिक वृद्धि ५.९ प्रतिशत मात्र हुने, नेपालमा ७.१ प्रतिशत वृद्धिकाे प्रक्षेपण

  २०७६ असोज २६ गते १४:३१     विकासन्युज

काठमाडौं । सन २०१९ मा दक्षिण एशियाको आर्थिक वृृद्धिदर ५.९ प्रतिशत हुने अनुमान विश्व बैंकले गरेको छ, जुन गत अप्रिल महिनाको वृद्धिदर भन्दा १.१ प्रतिशत कम हो । अल्पकालिन आर्थिक मन्दी र अनिश्चिताको प्रभावले आर्थिक वृद्धिमा नकारात्मक असर परेको विश्व बैंकको विश्लेषण छ ।

सन् २०१९ मा नेपालको आर्थिक वृद्धि ७.१ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । आगामी वर्ष क्रमशः ६.५ र ६.५ प्रतिशतले आर्थिक वृद्धि हुने विश्व बैंकको पूर्वाअनुमान छ । बंगलादेशमा यस वर्ष ८.१ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।

विगतमा एशियाका देशहरुमा आन्तरिक उपभोग र माग उच्च रहेको तर पछिल्लो समय यसमा गिरावट आएको विश्व बैंकको पछिल्लो रिपोर्टमा उल्लेख गरिएको छ । मागको कमीले यस वर्ष पाकिस्तान र श्रीलंकमा आयात १५ देखि २० प्रतिशतले घट्ने अनुमान गरिएको छ ।

भारतमा पनि उपभोग ३.१ प्रतिशतले घट्ने अनुमान गरिएको छ, जबकी गत वर्ष ७.३ प्रतिशतले बढेको थियो । गत वर्ष भारतमा औद्योगिक उत्पादन १० प्रतिशतले वृद्धि भएकोमा यस वर्ष १ प्रतिशत भन्दा कम भएको जनाईएको छ ।

सन् २०१९ मा भारतमा ६ प्रतिशतले आर्थिक वृद्धि हुने, त्यसपछिको वर्षमा क्रमशः ६.९ र ७ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.