नेपाल टी एशोसियसनको दशै लक्षित शुभकामना तथा सपथ ग्रहण

  २०७६ असोज १६ गते १०:५३     विकासन्युज

काठमाडौं। नेपाल टी एशोसियसनका (एनटीए) पदाधिकारीहरुको बुधबार सपथ ग्रहण तथा दशै, तिहारको शुभकामना आदान प्रदान सम्पन्न भएको छ। उक्त कार्यक्रमको अवसरमा सदस्यहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो।

काठमाडौमा आयोजित एक कार्यक्रममा नेपाल टी एशोसियसनका अध्यक्ष कमल मैनाली र महासचिव केदारमणी पौडेल उपस्थित थिए। आयोजकले दिएको जानकारी अनुसार पदाधिकारीहरुको निर्वाचन मण्डलबाट सपथ ग्रहण गराइयो। देश, ईश्वर र चियाको नाममा सपथ खुवाइएको हो। एनटीएका सल्लाहकार उदय चापागाइले चियासम्बन्धी आफ्ना अनुभवहरु व्यक्त गरे।

महासचिव केदारमणी पौडेलले विश्व बजारमा नेपाली चियालाई कसरी व्यापक बनाउँने भन्ने विषयमा आफ्नो धारण व्यक्त गरे ।

कार्यक्रममा चिया क्षेत्रलाई राज्यले उपेक्षा गरेकोमा जोड दिइयो । सो कुरामा राज्यको ध्यान जानु पर्ने महासचिव पौडेलको तर्क छ ।

अध्यक्ष कमलमणी मैनालीले एनटीएमा राजनितीक गंध मिसिन नदिने जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.