दशैंमा हवाई भाडा १० प्रतिशत छुट, टिकट काट्न काउन्टरमा नै जानुपर्ने

  २०७६ भदौ २९ गते १४:११     विकासन्युज

काठमाडौं । नेपालीहरुको महानचाड बडा दशैं, तिहार तथा छठ पर्वको अवसरमा नेपाली हवाई सेवा प्रदायक कम्पनीहरुले हवाई टिकटमा १० प्रतिशत छुट दिने भएका छन् । यस्तो छुट असोज १२ देखि १७ गते सम्बन्धित वायुसेवा कम्पनीको काउन्टरबाट खरिद गर्ने नर्मल टिकटमा मात्र हुने वायुसेवा सञ्चालक संघ नेपालले जनाएको छ ।

भदौ २९ गते बसेको संघको कार्यसमितिको बैठकले उक्त छुट दिने निर्णय गरेको संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जानकारी दिए । उक्त छुट भाडाको आधारभूत दरमा हुने संघले जनाएको छ । सरकारले लिने एयरपोर्ट कर तथा नेपाल आयल निगमले लिने फ्यूल सहचार्जमा छुट दिन नसकिने संघले जनाएको छ ।

तर उक्त अवधिमा काउन्टरमा गएर टिकट पाउने सम्भावना ज्यादै कम भएको अनुभवी यात्रुहरु बताउँछन् । पछिल्लो समय अनलाईनबाट टिकट बुकिङ अभ्यास भएको र महत्वपूर्ण चाडपर्वको अवसरमा हवाई टिकट पाउन कठिन हुने भएकोले यात्रुहरुले धेरै अगाडि टिकट लिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.